News Portal

रेडियो सुन्नुहोस्

‘सुमन’ बृहत साहित्य संगित महोत्सव विशेषाङ्क एवम परिचर्चा कार्यक्रम पुण्यखोलामा सम्पन्न

बिबश जि.एम २०८० श्रावण २७
६१६ पटक
२०८० श्रावण २७

‘सुमन’ बृहत साहित्य संगित महोत्सव विशेषाङ्क एवम परिचर्चा कार्यक्रम क्षेत्रविकास मा.वि पुण्यखोलामा सम्पन्न भएको । साहित्य परिषद प्यूठानको आयोजनामा भएको कार्यक्रम शनिबार क्षेत्रविकास मा.वि पुण्खोलामा भएको हो ।

सो कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र ब्रर्माले आफु साहित्य परिषदमा जीवनभर नै रहने प्रतिवद्धता जनाए । उपप्रमुख बर्माले साहियत्य परिषद प्यूठानको लागि नगरपालिकाबाट हुने सहयोगमा आफु प्रतिवद्ध रहेको आश्वासन समेत दिए ।

प्रज्ञा डा. गोपिन्द्र पौडेलले साहित्यकारमा पछिल्लो पीढिहरु आउन नसकेको भन्दै गुनासो गरे । डा. पौडेलले साहित्यमा आएपछि गुमाउनु पर्ने कुनै पनि चिज नभएको र गुमाउन पनि नपर्ने भएकाले साहित्यमा आउन नयाँ पीढिहरुलाई आग्रह गरेका छन् । साथै उनले साहित्य विशुद्ध एउटा ज्ञान प्राप्त गर्ने थलो भएको पनि उनले बताए ।

साहित्य परिषद प्यूठानका कार्यवाहक अध्यक्ष बिमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा डा. गोपिन्द्र पौडेल विशिष्ट अतिथि प्यूठान नगरपालिका उपप्रमुख देवेन्द्र बर्मा, गेहराज थापा, गेहराज पण्डित, कमल पोख्रेल, टोपराम आचार्य लगायत साहित्य परिषदका सदस्यहरु को सहभागिता रहको प्रगतिशिल लेखक संघ प्यूठानका अध्यक्ष लीला पुन ले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन साहित्य परिषद प्यूठानका सचिव ध्रुव गिरिले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...