News Portal

रेडियो सुन्नुहोस्

साउन महिनामा मात्रै १ हजार ३ सय ६२ जना कन्जेन्टिभाइटिसका बिरामी

बोम बहादुर परियार२०८० भदौ ४
७५५ पटक
२०८० भदौ ४

देशभरि आँखा पाक्ने रोग (कन्जेन्टिभाइटिस) को संक्रमण बढेसंगै प्युठान जिल्लामा साउन महिनामा मात्रै १ हजार ३ सय ६२ जना कन्जेन्टिभाइटिस का बिरामीले आँखा जाँच गराएका छन् ।
प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारमा मात्र साउन १५ गते देखि मसान्तसम्म १ हजार १५ जना कन्जेन्टिभाइटिसका बिरामीको आँखा जाँच गरिएको अस्पतालका प्रमुख लक्ष्मी मल्ल ठकुरीले बताइन ।

प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको भिंगृ र ठुलाबेसीमा रहेका दुई वटा शाखामा आएका बिरामीहरु समेत गरी १ हजार ३ सय ६२ जना कन्जेन्टिभाइटिसका बिरामीको आँखा जाँच गरिएको हो । आँखा उपचार केन्द्र भिंगृमा साउन महिनामा आँखा जाँच गराएका ५ सय ८३ जना मध्ये ३ सय २१ जनामा कन्जेन्टिभाइटिसको समस्या देखिएको शाखा प्रमुख चन्दना गुरुङले बताइन ।

त्यस्तै संक्रमण बढेसंगै नरेन्द्र गायत्री आँखा अस्पताल ठुलाबेसी शाखामा साउन महिनामा मात्रै ८४ जना आँँखाका बिरामीले आँखा जाँच गरेका थिए । आँखा जाँच गराएका मध्ये २६ जनामा कन्जेन्टिभाइटिसको समस्या देखिएको शाखा प्रमुख महम्मद कमर धुनियाले जानकारी दिए ।

नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारका प्रमुख ठकुरीका अनुसार पछिल्लो समय आँखा पाक्ने रोगका बिरामी बिस्तारै घट्दै गएका छन् । एकपटक आँखा जाँच गराउन आएका बिरामी दोहोरिएर आउनु भएको छैन, त्यहि प्रकारको नयाँ बिरामी आउने गर्नुहुन्छ , उनले भनिन, ‘हामीले दिएको औषधीले सन्चो भएको छ ।’
ठकुरीले आँखाको सरसफाईमा ध्यान दिई सजकता अपानाउन आग्रह गरेकी छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...