News Portal

रेडियो सुन्नुहोस्

साउन महिनामा मात्रै १ हजार ३ सय ६२ जना कन्जेन्टिभाइटिसका बिरामी

बोम बहादुर परियार२०८० भदौ ४
४५२ पटक
२०८० भदौ ४

देशभरि आँखा पाक्ने रोग (कन्जेन्टिभाइटिस) को संक्रमण बढेसंगै प्युठान जिल्लामा साउन महिनामा मात्रै १ हजार ३ सय ६२ जना कन्जेन्टिभाइटिस का बिरामीले आँखा जाँच गराएका छन् ।
प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारमा मात्र साउन १५ गते देखि मसान्तसम्म १ हजार १५ जना कन्जेन्टिभाइटिसका बिरामीको आँखा जाँच गरिएको अस्पतालका प्रमुख लक्ष्मी मल्ल ठकुरीले बताइन ।

प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको भिंगृ र ठुलाबेसीमा रहेका दुई वटा शाखामा आएका बिरामीहरु समेत गरी १ हजार ३ सय ६२ जना कन्जेन्टिभाइटिसका बिरामीको आँखा जाँच गरिएको हो । आँखा उपचार केन्द्र भिंगृमा साउन महिनामा आँखा जाँच गराएका ५ सय ८३ जना मध्ये ३ सय २१ जनामा कन्जेन्टिभाइटिसको समस्या देखिएको शाखा प्रमुख चन्दना गुरुङले बताइन ।

त्यस्तै संक्रमण बढेसंगै नरेन्द्र गायत्री आँखा अस्पताल ठुलाबेसी शाखामा साउन महिनामा मात्रै ८४ जना आँँखाका बिरामीले आँखा जाँच गरेका थिए । आँखा जाँच गराएका मध्ये २६ जनामा कन्जेन्टिभाइटिसको समस्या देखिएको शाखा प्रमुख महम्मद कमर धुनियाले जानकारी दिए ।

नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारका प्रमुख ठकुरीका अनुसार पछिल्लो समय आँखा पाक्ने रोगका बिरामी बिस्तारै घट्दै गएका छन् । एकपटक आँखा जाँच गराउन आएका बिरामी दोहोरिएर आउनु भएको छैन, त्यहि प्रकारको नयाँ बिरामी आउने गर्नुहुन्छ , उनले भनिन, ‘हामीले दिएको औषधीले सन्चो भएको छ ।’
ठकुरीले आँखाको सरसफाईमा ध्यान दिई सजकता अपानाउन आग्रह गरेकी छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...