News Portal

रेडियो सुन्नुहोस्

उत्पादन तथा बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुम्रिमा

बोम बहादुर परियार२०८० भदौ १२
६५८ पटक
२०८० भदौ १२

कृषिजन्य बस्तुको उत्पादन तथा बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुम्रिमा भएको छ । मंगलबार नागबेली बहुद्देश्य कृषि सहकारी सस्थाको आयोजनामा एक अन्र्तक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा नागबेली बहुद्देश्य कृषि सहकारी सस्थाका अध्यक्ष बिष्णु पाण्डेले कृषि बजारलाई अगाडी सार्दै हरेक हप्ताको शुक्रबार हाटबजारलाई निरन्तरता दिने बताए । उत्पादनको मापन गर्दै हाटबजारको माध्यमबाट स्थानीय स्तरमा उत्पादन भएको बस्तुको बजार सुनिश्चितता सँगै उत्पादनमा बृद्धि गर्दै लैजाने र निकट भविष्यमै संकलन केन्द्रलाई थोक बजारमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताए । २०७४ सालमा स्थापना भएको यो संस्थामा ७ सय भन्दा बढि सदस्यहरु रहेका छन् । हरेक हप्ताको शुक्रबार हाटबजार संचालन गर्ने गरि यहि भदौ १५ गते कृषि र सहकारी बिषयक तिज गित तथा नृत्य प्रतियोगिता आयोजना गरिएको समेत अध्यक्ष पाण्डेको भनाई छ ।

 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना प्यूठानका प्रमुख चुमानसिह गिरिले किसानलाई कृषिमा टिकाउने भन्ने बिषय मुख्य चुनौती भएको बताए । कृषिमा केही गरौ भनेर थालनी गरिएको अभियानमा कार्यालयको तर्फबाट महत्वपूर्ण सहयोग हुने भन्दै मेहनत गर्ने कृषकलाई थप हौसला प्रदान गर्न आग्रह गरेका थिए । मेहनत गर्ने किसानको हकमा उत्पादन गरेका बस्तुहरुलाई बजारको व्यवस्थापन गर्ने समेत कार्यालय प्रमुख गिरिको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपलिकाका मेयर बिष्णु बहादुर योगिले गत बर्ष प्यूठान नगरपालिकामा कृषकहरुका लागि ५२ लाख रुपैया अनुदान छुट्याए पनि सो रकम अनुदानमा खर्च गर्न नपाएको बताए । प्यूठान जिल्लाका सबै उत्पादनलाई एकिकृत बनाएर नागबेलीले आफ्नो कार्यक्रम अगाडी बढाउन सके कार्यक्रम प्रभावकारी बन्न बताए । हाम्रो उत्पादनलाई आफै उपभोग गरौ भन्ने कुरालाई प्राथमिकता दियौ भने किसान प्रोत्साहित हुने र अबको अनुदान प्रतिफलमा आधारित हुने मेयर योगिको भनाई छ ।

प्यूठान उद्योग बाणिज्य महासंघका महासचिव सन्देश आचार्यले नेपालले अन्तराष्ट्रिय बजार सँग लड्न सक्ने भनेकै कृषि उत्पादनमा रहेको बताए । स्थानीय, प्रदेश र केन्द्र गरि तीन तहको अनुदान बास्तविक किसानलाई दिनुपर्ने भन्दै बजारको ग्यारेन्टि स्थानीय सरकारले गर्नुपर्नेमा महासचिव आचार्यले जोड दिए ।

जिल्ला सहकारी संघ प्यूठानको समन्वय तथा प्यूठान नगरपालिकाको सहयोगमा भएको कार्यक्रमको संचालन संस्थाका सहसचिव नारायण के.सीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...