News Portal

रेडियो सुन्नुहोस्

श्रीकृष्ण जन्माष्टमी पर्व प्युठानमा पनि भव्य रुपले मनाइयो

झुलेनी नेटवर्क२०८० भदौ २०
६९५ पटक
२०८० भदौ २०

हिन्दु धर्मावलम्बीहरूले बुधबार मुलुकभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाएका छन् । श्रद्धालुहरू आफ्ना नजिकका कृष्ण मन्दिरहरूमा गई पूजा आराधना, व्रत र भजनकीर्तन गरेका छन् । प्यूठानमा पनि विभिन्न स्थानका मन्दिरहरुमा पूजा आरधना गरिएको छ ।

राधा कृष्ण मन्दिरहरुमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ । भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।


प्यूठान नगरपालिका वडा नम्बर ४ टारीको राधा कृष्ण मन्दिरमा पूजा गर्नेहरुको भिड रहेको थियो । भगवान श्रीकृष्णको जन्मोत्सवका अवसरमा मन्दिरमा धेरै महिलाहरुले पुँजाआराधना गरेका छन् ।
मन्दिर स्थापना पछि २०६८ साल देखी राधाकृष्ण मन्दिरमा पुँजा गर्न सुरु गरिएको हो । दिनमा राधा कृष्णको पुँजाआजा गर्ने र साझमा भजनकिर्तन गर्ने गरेको राधा कृष्ण मन्दिर संरक्षण समितिका सदस्य निरज सुवेदीले बताए । उनका अनुसार विशेष ब्रतबन्धमा यस मन्दिरमा पुँजा गर्ने र विबाहको लागि समेत आउने गर्दछन् ।


त्यस्तै पुँजा गर्नको लागि मन्दिरमा पुग्नुभएकी स्थानीय सावित्रा पौडेलले मन शुद्ध हुने र खुसी प्राप्त हुने विश्वास लिई मन्दिरमा पुँजा गर्न पुगेको बताईन् । एकदिन खाली पेट ब्रत बस्दा स्वास्थ्यको लागि पनि आफुलाई फाईदा हुने उनि बताउछिन् ।


हिन्दु धर्मालम्बिहरुले विशेष आस्थाका रुपमा यस धर्मलाई मान्ने भएकाले कृष्ण भगवानको पुँजाआजा गरिएको स्थानीय जानकार गुरु प्रसाद पोख्रेलले बताए । महिला पुरुष दुबैले ब्रत बस्दै आएको उनको भनाई छ । साथै विभिन्न ब्रतबन्धका दिनमा पुँजाबाट उठेको भेटी अक्षकोषमा जम्मा हुने गरेको उनिहरुले बताएछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...