News Portal

रेडियो सुन्नुहोस्

विजय फूलबारीले खुवायो सदस्यलाई दर

बिबश जि.एम२०८० भदौ २३
७२४ पटक
२०८० भदौ २३

विजय फूलबारी बचत तथा ऋृण सहकारी संस्था लि. प्यूठानले सहकारी शिक्षा तथा तीज विशेष दरखाने कार्यक्रम गरेको छ । संस्थाले शनिबार प्यूठान नगरपालिका ३ मुक्ति मा.वि रातामाटामा सदस्यहरुलाई दरखाने कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहकारीका सल्लाहकार गुमानराज पुलामिले सहकारीमा आवद्ध सबै सदस्यहरुले सहकारीको नीति, बिधि र पद्धति बुझ्न आवश्यक रहेको बताए । हालको अवस्थामा नीति, बिधि र पद्धति नबुझ्दा धेरै सहकारी संस्थाहरु अगाडी बढ्न नसकेको उनको भनाई थियो । केही गर्छु भन्ने सोच लिएर अगाडी बढ्न चाहाने व्यक्तीलाई विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाले व्यवसाय गर्न चाहाने र आयआर्जन गर्न चाहानेलाई विश्वासका साथ ऋृण उपलब्ध गराउने बताए ।

२०५५ सालमा स्थापना भएको फूलबारी बचत तथा ऋण सहकारी संस्था विजय लक्ष्मी महिला बहुउद्देश्यीय संस्थासँग २०७८ सालमा एकिकरण भएको थियो । सहकारीमा हाल पाँच हजार तीन सय सदस्य रहेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिका बाहेक बाँकी सात स्थानीय तहमा सहकारीको कार्यक्षेत्र विस्तार भइसकेको छ भने खलंगा, बिजुवार, खैरा र जस्पुरबाट संस्थाले सेवा दिदै आएको समेत संस्थाले बताएको छ ।

विजय फूलबारी बचत तथा ऋृण सहकारी संस्था लि.प्यूठानका अध्यक्ष नेत्रमणि आचार्यको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जेष्ठ महिला सदस्य कमला आचार्य, जेष्ठ सदस्य तथा संस्थाका पूर्व संचालक नितेन्द्र आचार्य, विभिन्न संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । संस्थाका व्यवस्थापक प्रकाश बैधले संचालन गरेको कार्यक्रममा संस्थाकि उपाध्यक्ष राधा पुलामीले स्वागत मन्तव्य राखेकी थिइन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...