News Portal

रेडियो सुन्नुहोस्

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम

बिबश जि.एम २०८० असोज १५
४७७ पटक
२०८० असोज १५

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम बरौलामा भएको छ । सोमबार ऐरावती गाउँपालिका २ बरौलामा ऐरावती गाउँपालिका भित्र रहेका स्वाबलम्बन समुहका सदस्यहरुलाई १ दिने तालिम सञ्चालन गरिएको हो ।

कालिका विकास केन्द्र नेपाल प्यूठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वय र स्ट्रोम फाउण्डेसनको सहयोगमा कार्यक्रम भएको थियो ।

पुर्नउत्पादनमुखी र सुरक्षित खाद्य उत्पादन प्रणाली बारे जानकारी गराउनुको साथै प्रयोगात्मक विधिबाट कम्पोष्ट मल बनाउने सीपमाथी जानकारी गराउने मुख्य उद्देश्य सहित तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक सरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार तालिममा २६ जना सहभागित रहेका थिए ।

तालिमको सहजिकरण वीर बहादुर तामाङले गरेका थिए । कालिका विकास केन्द्र नेपाल प्यूठानका कार्यसमिति सदस्य नरेन्द्र भण्डारीको अध्यक्षतामा भएको  तालिममा अतिथि कालिका बिकास केन्द्र नेपाल प्यूठानका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद राजभण्डारी,  जिबीकोपार्जन अधिकृत, समुदाय परिचालक लगायत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...