News Portal

रेडियो सुन्नुहोस्

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम

बिबश जि.एम २०८० असोज १५
७०० पटक
२०८० असोज १५

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम बरौलामा भएको छ । सोमबार ऐरावती गाउँपालिका २ बरौलामा ऐरावती गाउँपालिका भित्र रहेका स्वाबलम्बन समुहका सदस्यहरुलाई १ दिने तालिम सञ्चालन गरिएको हो ।

कालिका विकास केन्द्र नेपाल प्यूठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वय र स्ट्रोम फाउण्डेसनको सहयोगमा कार्यक्रम भएको थियो ।

पुर्नउत्पादनमुखी र सुरक्षित खाद्य उत्पादन प्रणाली बारे जानकारी गराउनुको साथै प्रयोगात्मक विधिबाट कम्पोष्ट मल बनाउने सीपमाथी जानकारी गराउने मुख्य उद्देश्य सहित तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक सरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार तालिममा २६ जना सहभागित रहेका थिए ।

तालिमको सहजिकरण वीर बहादुर तामाङले गरेका थिए । कालिका विकास केन्द्र नेपाल प्यूठानका कार्यसमिति सदस्य नरेन्द्र भण्डारीको अध्यक्षतामा भएको  तालिममा अतिथि कालिका बिकास केन्द्र नेपाल प्यूठानका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद राजभण्डारी,  जिबीकोपार्जन अधिकृत, समुदाय परिचालक लगायत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...