News Portal

रेडियो सुन्नुहोस्

ग्राहक खोज्दै सुन्तला,कमला बिजुवारको मित्रमणी चोकमा

बिबश जि.एम२०८० मंसिर ८
११४२ पटक
२०८० मंसिर ८

गाउँको कमला सुन्तला सधैजसो यो सिजनमा मित्रमणी चोक बिजुवारमा विक्रिको लागि देख्न पाईन्छ । बर्षको एकपटक आउने सुन्तला कमलाको सिजनमा मित्रमणी चोकमा प्रायः बिक्री गर्ने र किन्नेको घुइँचो देखिन्छ । गाउँका स्थानीयले फलाएका ताजा कमला, सुन्तला ताजा अवस्थामै विक्री हुने गर्दछ ।

त्यही सुन्तला लिएर आउछिन् झिमरुक गाउँपालिका ५ चुधाराकी ५० बर्षीय मञ्जु पोख्रेल । उनले यो सिजनमा दैनिक जसो ३ देखि ४ हजार सम्मको सुन्ताल विक्री गर्छिन्। गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएपछि उनले अहिले साना ठूला गरि सुन्तलाको बेर्ना २ सय वटा लगाएको बताईन् । एक सिजनमा उनले झण्डै २ लाख बराबरको सुन्तला बेच्ने बताउँछन् ।

उनी मात्र होईनन् हिउँदको समयमा सोही ठाउँका ३३ बर्षिय ऋषिकेश पोख्रेल पनि दैनिक जसो सुन्तला लिदै आएको १ हप्ता भएको बताउँछन् । उनले पनि ३ रोपनीको बारीमा २ सय सुन्तलाका बेर्ना लगाएका छन् । उनलाई पनि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सुन्तलाको बेर्ना दिएको थियो । अरु काम सँगै उनको परिवारले सुन्तला खेतीलाई पनि प्राथमिकता दिएकाछन् । अन्य खेती भन्दा बरु सुन्तला खेती राम्रो हुने गर्छ,’ उनले भने,‘त्यति मलजल गर्नु पर्दैन् तर बेर्ना जोगाउन भने केही दुखकष्ट गर्नै पर्छ ।’

सुन्ताला कमला पाक्ने सिजन सुरु भएपछि प्यूठान नगरपालिका ४ बिजुवार स्थित मित्रमणी चोकमा प्यूठानका मात्र नभएर गुल्मी, अघाखाँचीका समेत किसान सुन्तला बिक्री गर्न आउने गर्दछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...