News Portal

रेडियो सुन्नुहोस्

ग्राहक खोज्दै सुन्तला,कमला बिजुवारको मित्रमणी चोकमा

बिबश जि.एम२०८० मंसिर ८
११३२ पटक
२०८० मंसिर ८

गाउँको कमला सुन्तला सधैजसो यो सिजनमा मित्रमणी चोक बिजुवारमा विक्रिको लागि देख्न पाईन्छ । बर्षको एकपटक आउने सुन्तला कमलाको सिजनमा मित्रमणी चोकमा प्रायः बिक्री गर्ने र किन्नेको घुइँचो देखिन्छ । गाउँका स्थानीयले फलाएका ताजा कमला, सुन्तला ताजा अवस्थामै विक्री हुने गर्दछ ।

त्यही सुन्तला लिएर आउछिन् झिमरुक गाउँपालिका ५ चुधाराकी ५० बर्षीय मञ्जु पोख्रेल । उनले यो सिजनमा दैनिक जसो ३ देखि ४ हजार सम्मको सुन्ताल विक्री गर्छिन्। गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएपछि उनले अहिले साना ठूला गरि सुन्तलाको बेर्ना २ सय वटा लगाएको बताईन् । एक सिजनमा उनले झण्डै २ लाख बराबरको सुन्तला बेच्ने बताउँछन् ।

उनी मात्र होईनन् हिउँदको समयमा सोही ठाउँका ३३ बर्षिय ऋषिकेश पोख्रेल पनि दैनिक जसो सुन्तला लिदै आएको १ हप्ता भएको बताउँछन् । उनले पनि ३ रोपनीको बारीमा २ सय सुन्तलाका बेर्ना लगाएका छन् । उनलाई पनि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सुन्तलाको बेर्ना दिएको थियो । अरु काम सँगै उनको परिवारले सुन्तला खेतीलाई पनि प्राथमिकता दिएकाछन् । अन्य खेती भन्दा बरु सुन्तला खेती राम्रो हुने गर्छ,’ उनले भने,‘त्यति मलजल गर्नु पर्दैन् तर बेर्ना जोगाउन भने केही दुखकष्ट गर्नै पर्छ ।’

सुन्ताला कमला पाक्ने सिजन सुरु भएपछि प्यूठान नगरपालिका ४ बिजुवार स्थित मित्रमणी चोकमा प्यूठानका मात्र नभएर गुल्मी, अघाखाँचीका समेत किसान सुन्तला बिक्री गर्न आउने गर्दछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...