News Portal

रेडियो सुन्नुहोस्

दर्भानमा सामुदायिक स्वास्थ्य ईकाइ उद्घाटन

बिबश जि.एम२०८० मंसिर २९
६४० पटक
२०८० मंसिर २९

सामुदायिक स्वास्थ्य ईकाइ दर्भानको शुक्रबार उद्घाटन गरिएको छ । विगत लामो समय देखि खोप केन्द्रको रुपमा रहेको कार्यालय आजदेखि स्वास्थ्य इकाईको रुपमा स्थापना गरिएको सरूमारानी गाउपालिकाका प्रवक्ता चिन्ता सोमै मगरले जानकारी दिए ।

उक्त सामुदायिक स्वास्थ्य इकाईमा १ जना अहेव र १ जना कार्यालय सहयोगी राखिएको छ । सो संस्थाबाट नेपाल सरकारद्धारा उपलब्ध गराईएको ७० किसिमका औषधी निशुल्क, गर्भवती चेकजाँच र स्वास्थ्य संस्थाबाट दिईने सामान्य स्वास्थ्य सेवा लगायतका सेवा पाउन सकिने उनले बताए। सरूमारानी गाउपालिका २ नं।वडाका मैदान, बर्नविर, भुल्के, भमपली, रत्ने, मसुरे, ढाड, दर्भान लगायतका स्थानीयले सेवा पाउने गाउँपालिका प्रवक्ता सोमै मगरले जानकारी दिए । उनका अनुसार विगतमा त्यस ठाउँका स्थानीय बासी बाङ्गेशाल, दधेरी जानुपर्ने बाध्यता थियो भने अवदेखि सामान्य उपचारको लागि दर्भान मै सेवा पाउने छन् ।

सरुमारानी गाउँपालिका २ का वडाध्यक्ष भानुभक्त भुसालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सरूमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा प्रमुख आतिथि, उपाध्यक्ष बसन्ता खड्का विशिष्ट आतिथि, प्रबक्ता तथा ४ नं वडा अध्यक्ष चिन्त सोमै, २ नं।वडाका सदस्यहरू, खडगेश्वरी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन पन्थी, प्रधानाध्यापक सुन्दर भण्डारी, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीको, कर्मचारीहरू, महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...