News Portal

रेडियो सुन्नुहोस्

दर्भानमा सामुदायिक स्वास्थ्य ईकाइ उद्घाटन

बिबश जि.एम२०८० मंसिर २९
४७२ पटक
२०८० मंसिर २९

सामुदायिक स्वास्थ्य ईकाइ दर्भानको शुक्रबार उद्घाटन गरिएको छ । विगत लामो समय देखि खोप केन्द्रको रुपमा रहेको कार्यालय आजदेखि स्वास्थ्य इकाईको रुपमा स्थापना गरिएको सरूमारानी गाउपालिकाका प्रवक्ता चिन्ता सोमै मगरले जानकारी दिए ।

उक्त सामुदायिक स्वास्थ्य इकाईमा १ जना अहेव र १ जना कार्यालय सहयोगी राखिएको छ । सो संस्थाबाट नेपाल सरकारद्धारा उपलब्ध गराईएको ७० किसिमका औषधी निशुल्क, गर्भवती चेकजाँच र स्वास्थ्य संस्थाबाट दिईने सामान्य स्वास्थ्य सेवा लगायतका सेवा पाउन सकिने उनले बताए। सरूमारानी गाउपालिका २ नं।वडाका मैदान, बर्नविर, भुल्के, भमपली, रत्ने, मसुरे, ढाड, दर्भान लगायतका स्थानीयले सेवा पाउने गाउँपालिका प्रवक्ता सोमै मगरले जानकारी दिए । उनका अनुसार विगतमा त्यस ठाउँका स्थानीय बासी बाङ्गेशाल, दधेरी जानुपर्ने बाध्यता थियो भने अवदेखि सामान्य उपचारको लागि दर्भान मै सेवा पाउने छन् ।

सरुमारानी गाउँपालिका २ का वडाध्यक्ष भानुभक्त भुसालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सरूमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा प्रमुख आतिथि, उपाध्यक्ष बसन्ता खड्का विशिष्ट आतिथि, प्रबक्ता तथा ४ नं वडा अध्यक्ष चिन्त सोमै, २ नं।वडाका सदस्यहरू, खडगेश्वरी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन पन्थी, प्रधानाध्यापक सुन्दर भण्डारी, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीको, कर्मचारीहरू, महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...