News Portal

रेडियो सुन्नुहोस्

ट्याक्टर दुर्घटना हुँदा प्यूठानमा सहचालकको मृत्यु

झुलेनी नेटवर्क२०८० पुष ३
५४० पटक
२०८० पुष ३

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलबार मध्ययान्न १२ः५० मा प्यूठान नगरपालिका २ आरनेटाको झारिवाङबाट क्वाडी तर्फ आउँदै गरेको रा १ त २१८८ नं को ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार ओरालोमा ब्रेक फेल भई बाटोबाट करिब १ सय मिटर तल ट्याक्टर खस्दा गम्भिर घाइते पाल्पाको रम्भा गाउँपालिका ४ का सहचालक डम्मर बहादुर सुनारी मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

चालक नौबहिनी गाउँपालिका ४ खवाङका १९ बर्षिय नविन मल्लको शरीरमा चोट लागेकाले उनको जिल्ला अस्पताल बिजुुवारमा उपचार भइरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...