News Portal

रेडियो सुन्नुहोस्

नयाँ प्रमुख जिल्ला अधिकारीलाई प्यूठान उद्योग बाणिज्य संघले गर्‍यो स्वागत

बिबश जि.एम२०८० पुष ६
८४५ पटक
२०८० पुष ६

प्यूठानमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा नारायण प्रसाद अर्याल आएका छन् । नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आएका अर्याललाई शुक्रबार आज एक कार्यक्रमका विच प्यूठान उद्योग बाणिज्य संघले स्वागत गरेको हो ।

कार्यक्रममा जिल्लामा अनाधिकृत रुपमा व्यापार गर्ने, झोले कुम्लेहरुलाई करको दायरामा ल्याउने र कानुन अनुसारको कार्वाहीमा ल्याउने छलफल भएको कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । कार्यवाहक अध्यक्ष पोख्रेलका अनुसार जिल्लामा ठेक्का लागेका कामलाई समयमा सम्पन्न गराउनको लागि प्रजिअ अर्याललाई जानकारी गराईएको छ । साथै नेपाल विद्युत प्राधिकरणले विगत लामो समयदेखि प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण कार्य सम्पन्न नहुनु, क्वाडीको पक्की पुलको अस्तव्यस्त हुनु लगायतका कुरामा समेत प्रजिअ अर्याललाई ध्यानाकर्षण गराईएको छ । प्यूठान उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष इमानसिह भारतीले जिल्लाको सबै क्षेत्रहरुको बारेमा जानकारी गराएका थिए ।

स्वागत तथा परिचयात्म कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको निजि क्षेत्र र प्रशासन मिलेर अगाडी बढ्ने बताएका छन् । प्यूठान उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन महासचिव सन्देश आचार्यले गरेका थिए ।

फोटो : प्यार अलि खान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...