News Portal

रेडियो सुन्नुहोस्

नयाँ प्रमुख जिल्ला अधिकारीलाई प्यूठान उद्योग बाणिज्य संघले गर्‍यो स्वागत

बिबश जि.एम२०८० पुष ६
८३४ पटक
२०८० पुष ६

प्यूठानमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा नारायण प्रसाद अर्याल आएका छन् । नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आएका अर्याललाई शुक्रबार आज एक कार्यक्रमका विच प्यूठान उद्योग बाणिज्य संघले स्वागत गरेको हो ।

कार्यक्रममा जिल्लामा अनाधिकृत रुपमा व्यापार गर्ने, झोले कुम्लेहरुलाई करको दायरामा ल्याउने र कानुन अनुसारको कार्वाहीमा ल्याउने छलफल भएको कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । कार्यवाहक अध्यक्ष पोख्रेलका अनुसार जिल्लामा ठेक्का लागेका कामलाई समयमा सम्पन्न गराउनको लागि प्रजिअ अर्याललाई जानकारी गराईएको छ । साथै नेपाल विद्युत प्राधिकरणले विगत लामो समयदेखि प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण कार्य सम्पन्न नहुनु, क्वाडीको पक्की पुलको अस्तव्यस्त हुनु लगायतका कुरामा समेत प्रजिअ अर्याललाई ध्यानाकर्षण गराईएको छ । प्यूठान उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष इमानसिह भारतीले जिल्लाको सबै क्षेत्रहरुको बारेमा जानकारी गराएका थिए ।

स्वागत तथा परिचयात्म कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको निजि क्षेत्र र प्रशासन मिलेर अगाडी बढ्ने बताएका छन् । प्यूठान उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन महासचिव सन्देश आचार्यले गरेका थिए ।

फोटो : प्यार अलि खान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...