प्युठानमा आमा–छोरा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्यूठानको झिमरुक गाउँपालिका–३ पिपल रूख भन्ने स्थानमा आमा–छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
कर्ण बहादुरको कान्छी श्रीमती ३४ वर्षीया विष्णा खड्का र उनको जेठी श्रीमतीका २१ वर्षीय छोरा रोहित खड्का सोमबार बिहान ८ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।
उनीहरू घरबाट २ सय मिटर टाढा रहेको काफलको बोटमा छुट्टाछुट्टै हाँगामा झुन्डिएको अवस्थामा फेला परेको खनालको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।