News Portal

रेडियो सुन्नुहोस्

पार्टी नेतृत्व परिवर्तन गर्नुपर्छः कांग्रेस नेता सिंह

सिखबर संवाददाता४ मंसिर, प्यूठान ।
११५१ पटक
४ मंसिर, प्यूठान ।

नेपाली कांग्रेसका पुर्व महामन्त्रि प्रकाशमान सिंहले आगामि अधिवेशनवाट पार्टी नेतृत्वको परिवर्तन गर्नुपर्ने वताएका छन्। तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले हार व्यहोर्नु परेको उनको निष्कर्ष सुनाउदै उनले विधि प्रक्रियामार्फत पार्टी नेतृत्व परिवर्तनको आवश्यकता रहेको औँल्याए ।

मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले कांगेस, कांग्रेस जस्तो पार्टी नरहेको जिकिर गरे । पार्टी नेतृत्व समयको माग अनुसार अघि बढ्न नसकेको भन्दै उनले नेतृत्व परिवर्तनका लागि आफुहरुले अभियान संचालन गरेको उल्लेख गरे । ‘हामी विधि र प्रक्रिया पु¥याएर नेतृत्व परिवर्तन गर्न चाहन्छौं’ ,उनले भने ।

अर्को प्रसंगमा सिंहले वर्तमान सरकारको काम गर्ने क्षेमता नरहेको उल्लेख गरे। अपराधको नियन्त्रण, अनुसन्धानमा सरकारले प्रभावकारी कार्य गर्न नसकेको भन्दै उनले निर्मला हत्या प्रकरण, सुन तस्करी लगायतमा संलग्नको वर्तमान सरकारले संरक्षण गरेको हुनसक्ने आसंका व्यक्त गरे।

दुई तिहाई मत प्राप्त सरकारले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेकोले जनता सडकमा उत्रनु परेको उनले बताए । समृद्धिको नारा दिएपनि सरकारसँग काम गर्न सक्ने क्षमता नभएको उनको आरोप थियो । उनले भने, ‘विकास बजेट ८ प्रतिशत पनि खर्च हुन सकेको छैन ।’
प्रेस युनियनका अध्यक्ष श्रिराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वासुदेव थापाले गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...