News Portal

रेडियो सुन्नुहोस्

दुर्घटना अपडेटः १५ जना मध्ये एउटै घरका ७ जना घाइते

झुलेनी नेटवर्क २०८० पुष ११
४२४ पटक
२०८० पुष ११

प्युठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटना भएको छ । सरुमारानी गाउँपालिका ४ ठूलो घुम्तीमा लु २ ख ३०९३ नम्बरको हाईस दुर्घटना हुँदा १५ यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार घाईतेहरुको उद्धार गरी एम्बुलेन्स मार्फत नेपालगञ्ज, बुटवल लगायतका अन्य जिल्लाका अस्पतालमा रिफर गरिएको छ । प्युठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटनामा घाइते सबैको नाम खुलेको छ ।

शिवराज न.पा. १ कपिलवस्तुका ३५ बर्षीय बल ब., ३४ बर्षकी संगिता, ३५ वर्षकी युनिका, ५८ बर्षीय अने, २६ बर्षीय दुर्गा ब. १४ बर्षीय निम ब., १६ बर्षीय हुकुम ब., २० बर्षकी सावित्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

त्यस्तै दाङ्को राप्ती गा.पा.२ लालमटिया बस्ने ३५ बर्षकी जानकी आचार्य, घोराही उ.म.न.पा.४ बस्ने ८० बर्षीय भुबीराम उपाध्याय, कपिलवस्तु बाणगंगा न.पा.८ का ७० बर्षीय झक्कु प्रसाद उपाध्याय, कपिलवस्तु न.पा.९ का ६७ बर्षीय यमलाल जोशी, कपिलवस्तु कै ५८ बर्षीय निम प्रसाद खनाल, रुपन्देहीको गैँडा गा.पा.२ का ४६ बर्षकी विष्णु माया गिरी र प्युठान न.पा. ९ मरन्ठानका १९ बर्षकी सृष्टी आले रहेका छन् ।

त्यस मध्ये ४ जनालाई बुटवल र ४ जनालाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो १ः५० मा हाईस सडक देखि ५० मिटर तल खसेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...