News Portal

रेडियो सुन्नुहोस्

दुर्घटना अपडेटः १५ जना मध्ये एउटै घरका ७ जना घाइते

झुलेनी नेटवर्क २०८० पुष ११
५६० पटक
२०८० पुष ११

प्युठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटना भएको छ । सरुमारानी गाउँपालिका ४ ठूलो घुम्तीमा लु २ ख ३०९३ नम्बरको हाईस दुर्घटना हुँदा १५ यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार घाईतेहरुको उद्धार गरी एम्बुलेन्स मार्फत नेपालगञ्ज, बुटवल लगायतका अन्य जिल्लाका अस्पतालमा रिफर गरिएको छ । प्युठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटनामा घाइते सबैको नाम खुलेको छ ।

शिवराज न.पा. १ कपिलवस्तुका ३५ बर्षीय बल ब., ३४ बर्षकी संगिता, ३५ वर्षकी युनिका, ५८ बर्षीय अने, २६ बर्षीय दुर्गा ब. १४ बर्षीय निम ब., १६ बर्षीय हुकुम ब., २० बर्षकी सावित्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

त्यस्तै दाङ्को राप्ती गा.पा.२ लालमटिया बस्ने ३५ बर्षकी जानकी आचार्य, घोराही उ.म.न.पा.४ बस्ने ८० बर्षीय भुबीराम उपाध्याय, कपिलवस्तु बाणगंगा न.पा.८ का ७० बर्षीय झक्कु प्रसाद उपाध्याय, कपिलवस्तु न.पा.९ का ६७ बर्षीय यमलाल जोशी, कपिलवस्तु कै ५८ बर्षीय निम प्रसाद खनाल, रुपन्देहीको गैँडा गा.पा.२ का ४६ बर्षकी विष्णु माया गिरी र प्युठान न.पा. ९ मरन्ठानका १९ बर्षकी सृष्टी आले रहेका छन् ।

त्यस मध्ये ४ जनालाई बुटवल र ४ जनालाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो १ः५० मा हाईस सडक देखि ५० मिटर तल खसेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...