काठ्माण्डौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरूद्ध मार्चपास गरेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ’राज्य आतंकविरूद्ध’ भन्दै नेविसंघले आज मार्चपास गरेको बताएको छ । केन्द्रीय समितिको आह्वानमा मार्चपास गरेको नेविसंघले जनाएको छ । भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेकोले मार्चपास गरिएको बताईएको छ ।