News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा यातायात कार्यालय खुलाउने : मन्त्री थापा

झुलेनी नेटवर्क२०८० पुस २३
४९९ पटक
२०८० पुस २३

लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री सरोज थापाले प्यूठानमा यातायात कार्यालय खुलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लिको नेपाल भारत मैत्री बस सेवा सञ्चालनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

जिल्लामा यातायात कार्यालय नभएको गुनासो आईरहेको भन्दै उनले जिल्लाबाटै यातायात कार्यालयको सेवा दिन र जिल्लाबाहिर जानुपर्ने समस्यालाई समाधान गर्नका लागि तत्काल यातायात कार्यालय खुलाउने आश्वासन दिएका छन् ।

आफु विकासे मन्त्रालय अन्तर्गत नपरे पनि प्यूठान जिल्लाको विकासको लागि आफुले सक्ने काम गर्न सधै डटेर लाग्ने मन्त्री थापाको भनाई छ । साथै यात्रुहरुलाई अनावश्यक दःख दिने खालको कुनै पनि कार्य नगर्न र नगराउन मन्त्री थापाले यातायात व्यवसायीलाई आग्रह गरेका छन् । सरकारले तोकेको भाडादर र रुटमा निश्चित भाडादर मात्र लिन पनि यातायात व्यवसायीलाई उनले अनुरोध गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...