News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा यातायात कार्यालय खुलाउने : मन्त्री थापा

झुलेनी नेटवर्क२०८० पुस २३
७०६ पटक
२०८० पुस २३

लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री सरोज थापाले प्यूठानमा यातायात कार्यालय खुलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लिको नेपाल भारत मैत्री बस सेवा सञ्चालनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

जिल्लामा यातायात कार्यालय नभएको गुनासो आईरहेको भन्दै उनले जिल्लाबाटै यातायात कार्यालयको सेवा दिन र जिल्लाबाहिर जानुपर्ने समस्यालाई समाधान गर्नका लागि तत्काल यातायात कार्यालय खुलाउने आश्वासन दिएका छन् ।

आफु विकासे मन्त्रालय अन्तर्गत नपरे पनि प्यूठान जिल्लाको विकासको लागि आफुले सक्ने काम गर्न सधै डटेर लाग्ने मन्त्री थापाको भनाई छ । साथै यात्रुहरुलाई अनावश्यक दःख दिने खालको कुनै पनि कार्य नगर्न र नगराउन मन्त्री थापाले यातायात व्यवसायीलाई आग्रह गरेका छन् । सरकारले तोकेको भाडादर र रुटमा निश्चित भाडादर मात्र लिन पनि यातायात व्यवसायीलाई उनले अनुरोध गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...