News Portal

रेडियो सुन्नुहोस्

धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा ल्याव उद्घाटन

झुलेनी नेटवर्क२०८० पुस २४
८८१ पटक
२०८० पुस २४

मल्लरानी गाउँपालिका– ३ को धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा प्रयोगशाला (ल्याव) सेवाको उद्घाटन गरिएको छ ।

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापाले मंगलबार प्रयोगशाला (ल्याव) सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य थापाले ल्यावको स्थापना सँगै निरन्तरता दिनपर्नेमा जोड दिए । ल्याब स्थापना गर्न सहयोग गर्ने सहयोगि दातालाई धन्यवाद दिदै उनले यसको निरन्तरताका लागि गाउँपालिका र वडाले आफ्नो तहबाट पहल गर्नुपर्ने बताए । साथै उनले चुजाँठाटी क्षेत्रमा वित्तिय कारोवार गर्ने बैंक नभएकाले तत्काल बैंकको शाखा वा एक्सटेन्सन काउन्टर खोल्न पहल गर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि रहेका मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले पालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गर्ने योजना आफ्नो पालिकाको नीति तथा कार्यक्रममा भएको भन्दै यसको निरन्तरताका लागि आफुले पहल गर्ने बताए । ल्याब सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापन एक महिना भित्र गर्ने प्रतिवद्धता जनाएका छन् ।

स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा ३ नं वडाध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा धरमपानी स्वास्थ्य चौकीका प्रमुख टुकारामा पोख्रेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन वडा सचिव मनोज कुमार जि.सी ले गरेका थिए । कार्यक्रममा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठ, पूर्व जि.वि.स सभापति बोम बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख ईश्वर थापा, प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनाल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश के.सी लगायत स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, आमा समुह, स्वंयसेविका, कर्मचारी लगायत स्थानीय बासीको सहभागिता थियो ।

स्वास्थ्यचौकी निर्माणका लागि जग्गादाता समेत रहेका मल्लरानी–३ बर्बाेट निवासी स्थानीय समाजसेवी लेखनाथ पौडेल र उनकी श्रीमती भिमकला पौडेलले ल्याव सञ्चालनका लागि आवश्यक उपकरणहरु निःशुल्क रुपमा उपल्ब्ध गराएपछि ल्याव सञ्चालन गरिएको हो । लामो समयको अथक प्रयासबाट स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरेको भन्दै आफ्नो प्रतिबद्धताअनुसार ल्याव सञ्चालन गर्न सफल भएको मल्लरानी गाउँपालिका ३ नं वडाध्यक्ष नोमराज पौडेलले। साथै उनले ल्याव सञ्चालनका लागि महत्वपुर्ण भुमिका खेलेकोमा सहयोगदाता लेखनाथ पौडेल र श्रीमती भिमकला पौडेललाई धन्यवाद दिएका छन् । यसले दुरदराजका नागरिकलाई सामान्य परिक्षणका लागि पनि टाढा टाढा जानुपर्ने बाध्यता हट्ने उनले बताए ।

यस अघि स्वास्थ्य संस्थाबाट नागरिकहरुले बहिरङ्ग सेवा, परिवार नियोजन, औषधीद्धारा गर्भपतन लगायतका सेवा पाउँदै आएको स्वास्थ्य चौकी प्रमुख पोख्रेलले बताए । ल्याव उद्घाटन कार्यक्रममा स्वास्थ्य संस्थामा कार्यरत स्वयंमसेविकाहरु, उत्कृष्ट कर्मचारी, जग्गादाता र ल्याव सञ्चालनका लागि सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको छ ।

ल्याब सञ्चालनमा आएपछि गर्भवती महिलाहरुको रगत चेकजाँच, मधुमेह, क्षयरोग, लगायतको परिक्षण गरिनुका साथै दीर्घरोगीका बिरामीहरुको पहिचान गर्न सहज हुने बताईएको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला परिक्षण पश्चात मल्लरानी २,३, ऐरावती ६ र अर्घाखाँचीको भुमिकाथान नगरपालिकाका बासिन्दाहरु लाभान्वित हुनेछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...