News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय सभा निर्वाचनको लागि गठबन्धनका उम्मेदवार प्यूठानमा

बिबश जि.एम२०८० माघ ४
४९ पटक
२०८० माघ ४

राष्ट्रिय सभा निर्वाचनको लागि लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार परिचय तथा भेटघाटका लागि विहीबार प्यूठानका आएका छन । प्यूठानमा पाँच दलिय गठबन्धनले बिहिबार प्यूठान नगरपालिकामा आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनीहरु प्यूठान आएर मत मागेका छन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट नेपाली काग्रेसका राष्ट्रिय सभा सदस्य उम्मेदवार विष्णु सापकोटा र नेकपा माओवादीबाट उम्मेदवार झक्कु प्रसाद सुवेदी प्यूठान आएका हुन् । उनीहरुले आफूहरु गठबन्धलनको उम्मेदवार भएकाले जिवय सुनिश्चित भएको दाबी गरे । राष्ट्रिय सभा सदस्यमा १९ जना रिक्त पदका लागि ५१ जनाले माघ ११ गते प्रतिस्पर्धा गर्ने छन् ।

परिचयात्मक कार्यक्रम नेकपा माओवादी जिल्ला कमिटी संयोजक तथा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस प्यूठानका सभापती तथा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले गरेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ग्यामुराम न्यौपानेले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा...

मुक्ति मा.विको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।...

घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्न प्यूठान उद्योग वाणिज्य संघको होडिङ्ग वोर्ड

प्यूठान जिल्लामा अनाधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघले होडिङ्ग...

शिशु कल्याण प्रा.विले अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गर्‍यो

प्यूठान नगरपालिका ७ टाकुराचौर स्थित शिशु कल्याण प्रा.वि ले अभिभावक तथा अभिभावक शिक्षा अभिमुखिकरण तालिम...

सहकारीको मुल्यमान्यतालाई टेकेर सहकारी सञ्चालन गर्न प्रजिअ अर्यालको आग्रह

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा रहेका सहकारी सञ्चालक समितिलाई सहकारीको मुल्यमान्यता भित्र रहेर...