News Portal

रेडियो सुन्नुहोस्

कुटपिट गरेको आरोपमा प्यूठानमा एक जना पक्राउ

बिबश जि.एम२०८० माघ ९
६५४ पटक
२०८० माघ ९

कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानले एक जनालाई पक्राउ गरेको छ । ऐरावती गाउँपालिका १ कालीकाठ भन्ने ठाउँमा माघ १ गते लागेको मेलामा ऐरावती गाउँपालिका ५ बस्ने बोम बाहादुर दर्लामी मगरलाई कुटपिट गरेको आरोपमा ऐरावती गाउँपालिका १ का मुकेश घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । सूचना अधिकारी खनालका अनुसार घाइते भएका बोम बहादुरको दाई हुम बहादुरले प्रहरीमा किटानी जाहेरी दिएपछि मंगलबार नै अनुसन्धानको लागि पक्राउ गरिएको हो ।

घाइते बोम बहादुरको भैरहवा मेडिकल कलेजमा उपचार पश्चात दाङको भालुवाङ स्थित सिसहनियामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...