प्यूठानमा नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको छ । बुधबार विहान प्यूठान नगरपालिका ४ जुम्रीमा शिशु वेवारिसे अवस्थामा स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । खेतको बारीमा शिशुलाई जन्म दिएर घरको छेउमा लिएर राखेको अवस्थामा बच्चा फेला पारेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत हुमानन्द खनालले जानकारी दिए । उनको अनुसार ती शिशुलाई जिवित अवस्थामा भेटाए पश्चात उपचारको लागि जिल्ला अस्पताल बिजुवारमा लगिएको छ ।
बच्चाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।