News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा ६१ जना पत्रकारले वनाए रातोकार्ड

सागर रिजाल २१ मंसिर, प्यूठान
१३२० पटक
२१ मंसिर, प्यूठान

प्युठानमा ६१ जनाले सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, सुचना तथा प्रशारण विभागले प्रदान गर्ने रातोकार्ड(पत्रकार परिचयपत्र) वनाएका छन्। जसमध्य ५९ जना श्रमजिवी पत्रकार र २ जना सञ्चारमाध्यमका सञ्चालकहरुले परिचयपत्र वनाएको नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर रानाले वताए।

नेपाल सरकार सुचना प्रविधि मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको सहआयोजनामा सिविरमार्फत प्यूठानवाटै परिचय पत्र वितरण गरिएको हो ।मन्त्रालयले मुलुक भरका जिल्लाहरुमा सुचना मन्त्रालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरु उपलब्ध गराउने उदेश्यले यो कार्यक्रम गरिएको मन्त्रालयका निर्देशक धु्रव कुमार पोख्रेलले जानकारी गराउनुभयो । दुर्गम क्षेत्रमा रहेका पत्रकारहरुलाई सहज रुपमा प्रेस परिचय पत्र उपलब्ध गराउन परिचय पत्र वितरण गर्न लागिएको उहाँले बताउनुभयो । नेपाल सरकार सुचना तथा प्रशारण विभागले मुलुकभरीका दुर्गम क्षेत्रहरुलाई प्राथमिकतामा राखी घुम्ती शिविर चलाएको उहाँको भनाई छ ।

श्रमजिवी पत्रकारहरुलाई प्रेस प्रतिनिधि कार्ड लिन जिल्ला बाहिर जाँदा समस्या र खर्चिलो हुने भन्दै जिल्ला भित्रै यो सेवा दिएको पत्रकार महासंघका जिल्ला शाखा प्युठानका अध्यक्ष महाविर राना मगरले बताउनुभयो । अगिल्लो वर्ष छिमेकी जिल्ला दाङ जिल्लाबाट गरिए पनि यस वर्ष जिल्लाबाटै परिचय पत्र वितरण गरिने व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।

मंसिर २० र २१ गते सम्म सञ्चालन हुने शिविरमा पहिलो दिन नयाँ परिचय पत्र ३१ त्यस्तै नवीकरण गर्ने २७ गरि ५८ जना श्रमजिवी पत्रकारहरुले परिचयपत्र प्राप्त गरेका छन् । यसै अवसरमा संस्था दर्ता संञ्चार संग सम्बन्धित सिफारिस समेत प्रदान गरिएको मन्त्रालयका नायब सुब्बा रमा निरौलाले जानकारी गराउनुभयो ।

उक्त समुहमा सुचना विभागका निर्देशक धु्रव कुमार पोख्रेलको नेतृत्वमा शाखा अधिकृत रुपा विक , नायब सुब्बा रमा निरौला, लेखापाल सुजन निरौला लगाएतको टोलीको उपस्थिती रहेको थियो । शिविरमा प्युठान संगै छिमेकी जिल्ला रोल्पाका पत्रकारको पनि परिचय पत्र बनाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...