News Portal

रेडियो सुन्नुहोस्

उपशाखा स्तरीय सशक्तीकरण कार्यशाला गोष्ठी

बासुदेब गिरीप्युठान २१,मंसिर ।
१८८२ पटक
प्युठान २१,मंसिर ।

झिमरुक गाउपालिका अन्तरगत नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको आतिथ्यमा उपशाखा स्तरीय सशक्तीकरण गोष्ठी आजबाट शुरु भएको छ ।
रेडक्रस कर्मिहरुको क्षेमता बिकास होस भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
उक्त कार्यक्रममा प्रमुक अथिति रहेका झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक बहादुर जि।सी।रेडक्रस नितान्त सेवामूलक सस्था रहेकोले यो सस्थाले बिपदमा परेका दिनदुखिहरुको सहयोग गर्दै आएको बताए । उनले भने ूबिपद ब्यबस्थापनको लागि उपशाखा संग सहकार्य एकता गरेर मानव सेवामा अगाडि बढने छौ ूयसै क्रममा बोल्दै उनले भने यो ग्रामीण क्षेत्रमा बिरामी बोक्न समस्या भएकोले उपशाखाको सहकार्यमा एम्बुलेन्स खरिद गर्न सहयोग गर्ने बताए । मानबिय बिपत कतिबेला हुन्छ भन्ने थाहा नहुने भन्दै सबै सजक रहन समेत आग्रह गरेका छन ।
कार्यक्रम लाई शुभकामना व्यक्त गर्दै बिशेष अतिथि तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीले रेडक्रस सस्थाले संसार भरी मानबिय बिपत्तिमा कृयाशिल हुँदै आएको र हामीहरु पनि मन बचन र कर्मले बिपतका समयमा राहत पुनःस्थापन खोज र उद्घार लाग्नु पर्ने बताए ।
मंसिर २१ र २२ गते सम्म चल्ने कार्यशाला गोष्ठीमा रेडक्रस अभियानलाई कसरी जनमुखी बनाउन सकिन्छ ,बिपद ब्यबस्थापन कसरी गर्ने,स्थानीय तह संग कसरी समन्वय र सहकार्य गरेर अगाडी बढने , उपशाखा लाई ब्यबस्थापन संचालन र आर्थिक परिचालन जवाफदेहीता पार्दशिता लगाएत युरेस जुरेस स्तरीय गतिविधिका बिषयमा प्रतुती रहने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका मन्त्री दामोदर शर्माले जानकारी गराए । उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि उद्योगि ब्यापारी राजनीतिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
झिमरुक गाउपालिकाको मच्छी गौमुखी क्याम्पसको सभाहलमा संचालन हुने गोष्ठीमा जिल्ला भरका १९ उपशाखा एक एक जना प्रतिनिधि सहभगी हुने आयोजकले जानकारी दिएको छ । २०६१ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखामा हाल १ सय ३६ जना आजिवन सदस्य आबद्ध रहेका छन ।
मच्छी उपशाखाका सभापति ऋषिराम पोख्रेलको अध्यक्षता रहेको कार्यक्रम संचालन उपशाखा सचिब नारन बहादुर जि। सीले गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...