News Portal

रेडियो सुन्नुहोस्

उपशाखा स्तरीय सशक्तीकरण कार्यशाला गोष्ठी

बासुदेब गिरीप्युठान २१,मंसिर ।
२०४५ पटक
प्युठान २१,मंसिर ।

झिमरुक गाउपालिका अन्तरगत नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको आतिथ्यमा उपशाखा स्तरीय सशक्तीकरण गोष्ठी आजबाट शुरु भएको छ ।
रेडक्रस कर्मिहरुको क्षेमता बिकास होस भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
उक्त कार्यक्रममा प्रमुक अथिति रहेका झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक बहादुर जि।सी।रेडक्रस नितान्त सेवामूलक सस्था रहेकोले यो सस्थाले बिपदमा परेका दिनदुखिहरुको सहयोग गर्दै आएको बताए । उनले भने ूबिपद ब्यबस्थापनको लागि उपशाखा संग सहकार्य एकता गरेर मानव सेवामा अगाडि बढने छौ ूयसै क्रममा बोल्दै उनले भने यो ग्रामीण क्षेत्रमा बिरामी बोक्न समस्या भएकोले उपशाखाको सहकार्यमा एम्बुलेन्स खरिद गर्न सहयोग गर्ने बताए । मानबिय बिपत कतिबेला हुन्छ भन्ने थाहा नहुने भन्दै सबै सजक रहन समेत आग्रह गरेका छन ।
कार्यक्रम लाई शुभकामना व्यक्त गर्दै बिशेष अतिथि तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीले रेडक्रस सस्थाले संसार भरी मानबिय बिपत्तिमा कृयाशिल हुँदै आएको र हामीहरु पनि मन बचन र कर्मले बिपतका समयमा राहत पुनःस्थापन खोज र उद्घार लाग्नु पर्ने बताए ।
मंसिर २१ र २२ गते सम्म चल्ने कार्यशाला गोष्ठीमा रेडक्रस अभियानलाई कसरी जनमुखी बनाउन सकिन्छ ,बिपद ब्यबस्थापन कसरी गर्ने,स्थानीय तह संग कसरी समन्वय र सहकार्य गरेर अगाडी बढने , उपशाखा लाई ब्यबस्थापन संचालन र आर्थिक परिचालन जवाफदेहीता पार्दशिता लगाएत युरेस जुरेस स्तरीय गतिविधिका बिषयमा प्रतुती रहने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका मन्त्री दामोदर शर्माले जानकारी गराए । उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि उद्योगि ब्यापारी राजनीतिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
झिमरुक गाउपालिकाको मच्छी गौमुखी क्याम्पसको सभाहलमा संचालन हुने गोष्ठीमा जिल्ला भरका १९ उपशाखा एक एक जना प्रतिनिधि सहभगी हुने आयोजकले जानकारी दिएको छ । २०६१ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखामा हाल १ सय ३६ जना आजिवन सदस्य आबद्ध रहेका छन ।
मच्छी उपशाखाका सभापति ऋषिराम पोख्रेलको अध्यक्षता रहेको कार्यक्रम संचालन उपशाखा सचिब नारन बहादुर जि। सीले गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...