News Portal

रेडियो सुन्नुहोस्

ओठ तथा तालु फाटेकाहरुको लागि निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

बिबश जि.एम२०८० चैत १८
५८६ पटक
२०८० चैत १८

ओठ तथा तालु फाटेकाहरुको लागि निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बि एण्ड बि अस्पतालको आयोजना, राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको सह–आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको समन्वयमा शिबिर सञ्चालन भएको हो ।

छुट्टाछुट्टै ठाउँमा भएको ३ दिने निःशुल्क शिबिर चैत १६ गते माण्डवी गाउँपालिकाको देविस्थान, १७ गते जिल्ला अस्पताल बिजुवार र १८ गते आईतबार मल्लरानी गाउँपालिकाको धरमपानी स्वास्थ्य चौकी चुँजाठाँटीमा भएको थियो । शिबिरबाट १६ जनाले सेवा लिएका छन् । उपचारमा आएका मध्य ७ जनालाई शल्यक्रियाका लागि काठ्माण्डौं रिफरको लागि सिफारिस गरिएको राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमानसिंह के.सीले जानकारी दिए । उनका अनुसार शल्यक्रियाका लागि विरामी तथा एक जना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने समेत निःशुल्क व्यवस्था गरिएको छ ।

साथै राष्ट्रिय अपांग सेवा संघ प्यूठानले समय समयमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...