News Portal

रेडियो सुन्नुहोस्

ओठ तथा तालु फाटेकाहरुको लागि निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

बिबश जि.एम२०८० चैत १८
४४४ पटक
२०८० चैत १८

ओठ तथा तालु फाटेकाहरुको लागि निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बि एण्ड बि अस्पतालको आयोजना, राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको सह–आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको समन्वयमा शिबिर सञ्चालन भएको हो ।

छुट्टाछुट्टै ठाउँमा भएको ३ दिने निःशुल्क शिबिर चैत १६ गते माण्डवी गाउँपालिकाको देविस्थान, १७ गते जिल्ला अस्पताल बिजुवार र १८ गते आईतबार मल्लरानी गाउँपालिकाको धरमपानी स्वास्थ्य चौकी चुँजाठाँटीमा भएको थियो । शिबिरबाट १६ जनाले सेवा लिएका छन् । उपचारमा आएका मध्य ७ जनालाई शल्यक्रियाका लागि काठ्माण्डौं रिफरको लागि सिफारिस गरिएको राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमानसिंह के.सीले जानकारी दिए । उनका अनुसार शल्यक्रियाका लागि विरामी तथा एक जना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने समेत निःशुल्क व्यवस्था गरिएको छ ।

साथै राष्ट्रिय अपांग सेवा संघ प्यूठानले समय समयमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...