News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा भएको आँखा शिविरबाट २ सय ४१ जनाले सेवा लिए

बिबश जि.एम२०८० चैत २४
६३१ पटक
२०८० चैत २४

ऐरावती गाउँपालिकामा भएको आँखा शिविरबाट २ सय ४१ जनाले सेवा लिएका छन् । शनिबार भएको शिविरमा १ सय ३४ महिला र १ सय ७ पुरुष गरि २ सय ४१ जनाले सेवा लिएको नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन् । उनका अनुसार सेवा लिएका मध्य ७४ जनालाई निःशुल्क चस्मा वितरण, १५ जनालाई मोतियाविन्दुको लागि शल्यक्रिया गर्न आँखा अस्पताल बोलाईएको र बाकीलाई औषधी वितरण गरिएको छ ।

पुरन्ठाटी स्वास्थ्य चौकी बरौलामा भएको शिविरमा ४० बर्षमाथीका नागरिकले सेवा लिएका हुन् । नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । त्यस्तै आँखा अस्पताल बिजुवारमा पनि चैत २९ गते शिविर सञ्चालन हुने अस्पतालले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...