News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा भएको आँखा शिविरबाट २ सय ४१ जनाले सेवा लिए

बिबश जि.एम२०८० चैत २४
६६० पटक
२०८० चैत २४

ऐरावती गाउँपालिकामा भएको आँखा शिविरबाट २ सय ४१ जनाले सेवा लिएका छन् । शनिबार भएको शिविरमा १ सय ३४ महिला र १ सय ७ पुरुष गरि २ सय ४१ जनाले सेवा लिएको नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन् । उनका अनुसार सेवा लिएका मध्य ७४ जनालाई निःशुल्क चस्मा वितरण, १५ जनालाई मोतियाविन्दुको लागि शल्यक्रिया गर्न आँखा अस्पताल बोलाईएको र बाकीलाई औषधी वितरण गरिएको छ ।

पुरन्ठाटी स्वास्थ्य चौकी बरौलामा भएको शिविरमा ४० बर्षमाथीका नागरिकले सेवा लिएका हुन् । नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । त्यस्तै आँखा अस्पताल बिजुवारमा पनि चैत २९ गते शिविर सञ्चालन हुने अस्पतालले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...