नेकपा एमालेकी विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् । बुधबार भएको राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् ।
उपाध्यक्षकी प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र पाएकी छिन । ५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । मतदानमा ५५ सदस्य सहभागी भएका थिए ।