News Portal

रेडियो सुन्नुहोस्

कामप्रति लगनशील भएर लागे देशको अवस्था फेर्न सक्छौ : सांसद शर्मा

बिबश जि.एम२०८० चैत २८
५१३ पटक
२०८० चैत २८

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले धेरै समयको संघर्षले देशको व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तन गर्न नसक्दा विकासका कार्यले गति लिन नसकेको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाद्धारा नयाँ बर्ष २०८१ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले यस्तो बताएका हुन् । शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले आफुले गर्ने काम कर्तव्यलाई ध्यानमा राखेर अघि बढे मात्र अवस्थालाई परिवर्तन गर्न सकिने बताए । साथै हरेक कार्यलाई समयमा सम्पन्न गर्न र गुणस्तरीय बनाउन अरुलाई गाली गलौज, विरोध गर्ने परिपाटी हटाउन आवश्यक रहेको सांसद शर्माको भनाई छ । स्ववियुले बुधबार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद धनलक्ष्मी श्रेष्ठले कुनै पनि कामको योजना बनाएर लगनशील भएर लागेमात्र अगाडी बढ्न सकिने बताईन । विद्यार्थीहरुले पनि सोही कुरालाई अनुसरण गरेर एउटा मात्र लक्ष्यलाई प्राथमिकता दिएर अध्ययनशील भएमा छिटो सफल बन्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी प्यूठानका अध्यक्ष तथा जिल्ला अस्पताल विकास समिति प्यूठानका अध्यक्ष बिजयविराज विष्ट, स्वर्गद्धारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का, प्यूठान नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं –३ का वडाध्यक्ष सुमनराज श्रेष्ठ,अनेरास्ववियु जिल्ला अध्यक्ष दिल बहादुर दसौदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


स्वर्गद्धारी बहुमुखी क्याम्पस सभापति टेकराज के।सीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस सहायक प्रमुख रामकृष्ण शर्माले राखेका थिए ।

स्ववियु सचिव प्रेम बहादुर विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...