News Portal

रेडियो सुन्नुहोस्

कामप्रति लगनशील भएर लागे देशको अवस्था फेर्न सक्छौ : सांसद शर्मा

बिबश जि.एम२०८० चैत २८
३६२ पटक
२०८० चैत २८

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले धेरै समयको संघर्षले देशको व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तन गर्न नसक्दा विकासका कार्यले गति लिन नसकेको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाद्धारा नयाँ बर्ष २०८१ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले यस्तो बताएका हुन् । शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले आफुले गर्ने काम कर्तव्यलाई ध्यानमा राखेर अघि बढे मात्र अवस्थालाई परिवर्तन गर्न सकिने बताए । साथै हरेक कार्यलाई समयमा सम्पन्न गर्न र गुणस्तरीय बनाउन अरुलाई गाली गलौज, विरोध गर्ने परिपाटी हटाउन आवश्यक रहेको सांसद शर्माको भनाई छ । स्ववियुले बुधबार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद धनलक्ष्मी श्रेष्ठले कुनै पनि कामको योजना बनाएर लगनशील भएर लागेमात्र अगाडी बढ्न सकिने बताईन । विद्यार्थीहरुले पनि सोही कुरालाई अनुसरण गरेर एउटा मात्र लक्ष्यलाई प्राथमिकता दिएर अध्ययनशील भएमा छिटो सफल बन्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी प्यूठानका अध्यक्ष तथा जिल्ला अस्पताल विकास समिति प्यूठानका अध्यक्ष बिजयविराज विष्ट, स्वर्गद्धारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का, प्यूठान नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं –३ का वडाध्यक्ष सुमनराज श्रेष्ठ,अनेरास्ववियु जिल्ला अध्यक्ष दिल बहादुर दसौदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


स्वर्गद्धारी बहुमुखी क्याम्पस सभापति टेकराज के।सीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस सहायक प्रमुख रामकृष्ण शर्माले राखेका थिए ।

स्ववियु सचिव प्रेम बहादुर विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...