News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी १ स्याउलीवाङमा तेस्रो नौबहिनी महोत्सव जारी

झुलेनी नेटवर्क२०८० चैत ३०
४९४ पटक
२०८० चैत ३०

नौबहिनी गाउँपालिका १ स्याउलीवाङमा बिहीवार देखि महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य सांसद थापाले स्याउलीवाङ क्षेत्रलाई पर्यटनसँग जोड्न आफुबाट हुने पहल कदमी थालेको बताए । साथै स्याउलीवाङ क्षेत्रको बिकासका लागि निरन्तर छलफल र संवाद गरिरहेको विश्वास दिलाए ।

कोठिभिर बिकास केन्द्रको आयोजनामा सञ्चालन भएको तेस्रो नौबहिनी कोठिभिर कृषि, पर्यटन महोत्सव ४ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, लोकदोहोरी, धनुषवाण, सामुहिक नृत्य, एकल नृत्य, महिला पुरुष छेलो, खुल्ला हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पूर्ण बुढा मगरले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...