News Portal

रेडियो सुन्नुहोस्

पार्टी एकताबारे प्रधानमन्त्री ओलीको नयाँ धारणा !

सिखबर संवाददाताकाठमाडौँ, १९ चैत
१२७७ पटक
काठमाडौँ, १९ चैत

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित पार्टी एकता हुने बताएका छन् ।

एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज साेमबार पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो भारत भ्रमणअघि वा पछि पार्टी एकता हुने भन्ने विषयलाई विवाद बनाउन नपर्नेमा जोड दिए ।

“पार्टी एकता भारत भ्रमण अगाडि कि पछाडि भनेर प्रश्नै नगर्नुहोस् । हामी हतारमा जसरी पनि पार्टी एकता गर्ने पक्षमा छैनौँ तर ढिलासुस्ती गर्ने पक्षमा पनि छैनौँ, यो प्रक्रियाबाटै हुन्छ ।”  अध्यक्ष ओलीले भने , -“भारत भ्रमण अगाडि पनि हुन सक्छ पछाडि पनि हुन सक्छ ।” दुई दलबीच एकताका लागि कार्यदलले काम गरिरहेका छन् । प्रधानमन्त्रीको भारत भ्रमण यही चैत २३ देखि २५ गतेसम्म हुँदैछ ।

प्रधानमन्त्री ओलीले अबको नेपालमा कोही गरिब र कोही धनी नहुने उल्लेख गर्दै स्वदेशी पूँजी परिचालन र विदेशी लगानी आकर्षित गरी स्वदेशमा युवालाई रोजगारी दिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने , “अधिकतम उत्पादन, न्यायोचित वितरण र आर्थिक बचत तथा लाभतर्फको यात्रा शुरु हुनेछ । अबको तीन वर्षमा नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्नुपर्ने चुनौतीलाई पनि आत्मसात् गरेर अघि बढिनेछ ।”

कार्यक्रममा यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिएको छ । पुरस्कारको राशि र ५० हजार ५५५ रहेको छ । यस वर्षको सो पुरस्कारको राशिको सौजन्य एमाले निकट प्रवासी नेपाली मञ्च, कतारले गरेको हो । पुरस्कारका लागि विभागले र १० लाखको अक्षयकोष खडा गरेको छ ।

जननेता मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेका कोइराला पूर्व सांसद र पूर्व राजदूत हुन् । कोइरालाले प्राप्त गरेको पुरस्कारको राशि द्वन्द्वकालमा मारिएका पत्रकार वीरेन्द्र साहको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...