News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले प्यूठानको अध्यक्षमा पुन विष्ट निर्वाचित

झुलेनी नेटवर्क२०८१ जेष्ठ २२
७०० पटक
२०८१ जेष्ठ २२

नेकपा एमाले प्यूठानको अध्यक्षमा पुरानै अनुहार दोहोरिएको छ । २१ गते सोमबार हुने अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रिया मंगलबार सरेको थियो । भोटको आधारमा अध्यक्ष पदमा पुरानै अध्यक्ष बिजय बिराज विष्ट दोहोरिएका हुन् । खसेको ५ सय २३ मत मध्य विष्टको पक्षमा २ सय ९९, मधुर शर्मा १ सय ८५ र अजय सिंह लाई २४ मत परेको थियो ।

त्यस्तै उपाध्यक्ष पदमा नेगन सिंह कवर र माधव शर्मा पौडेलको प्रतिस्पर्धा भएको थियो । कवरले २ सय ५१ मत प्राप्त गर्दा पौडेललाई २ सय ५७ मत परेको हो । उपाध्यक्ष पदमा ६ मतको अन्तरले पौडेल निर्वाचित भएका छन् । अन्यमा भने निर्विरोध निर्वाचित भएको नेकपा एमाले प्यूठानले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...