News Portal

रेडियो सुन्नुहोस्

आँखा अस्पतालले गर्‍यो जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम

झुलेनी नेटवर्क२०८१ जेष्ठ २५
७१० पटक
२०८१ जेष्ठ २५

नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालले जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिजुवार स्थित आँखा अस्पतालको सभाहलमा भएको कार्यक्रममा आँखा अस्पतालकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले आर्थिक बर्ष २०७९/०८० को प्रतिवेदन पेश गरेकी थिइन् ।

आँखा अस्पतालकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक बर्षमा जिल्ला भरका १२ हजार ७ सय ७७ जना आँखा रोगका बिरामीहरुले सेवा लिएको उल्लेख छ । ४ हजार ९ सय ५८ जना पुरुष र ५ हजार ९ सय ४६ जना महिलाले सेवा लिदा १ हजार ८ सय ७३ जना बालबालिकाले आँखाको जाँच गराएका छन् । उनका अनुसार पुरुष १ सय ७३ र महिला १ सय ८१ गरी ३ सय ५४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । जिल्लाका विभिन्न विद्यालयहरुमा पुगि १ सय ११ जना विद्यार्थीलाई निःशुल्क आँखा चेकजाँच गरी चस्मा वितरण गरिएको उनले बताईन् ।

आँखा अस्पतालले आर्थिक बर्ष २०८१/०८२ मा जिल्लामा १३ हजारलाई आँखा उपचार सम्बन्धि सेवा दिने लक्ष्य लिएको छ । त्यस्तै आँखा अस्पतालको शाखा रहेको स्वर्गद्धारी नगरपालिकाबाट २ हजार ५ सय र गौमुखी गाउँपालिकाबाट ५ सय जनालाई सेवा दिने अस्पतालको लक्ष्य रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले आँखा रोगका विरामीहरुले पाउने सेवा सुविधालाई स्थानीय तहले नेतृत्व लिन आवश्यक रहेको बताएका छन् । साथै दुरदराजमा रहेका आँखाका विरामीले पाउने सेवालाई थप प्रभावकारी बनाउन आँखा अस्पतालसँग स्थानीय तहले समन्वय गर्नुपर्ने बताएका थिए ।

नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रकाश राज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ प्यूठानका उपाध्यक्ष कल्पना खड्काले स्वागत मन्तव्य राखेकी थिइन् । सेवा फाउण्डेशनको सहयोगमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य भगत कर्मचार्यले गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि।सी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगि, माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी, सरुमारानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझी, प्यूठान अस्पतालका हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, आँखा अस्पतालका निवर्तमान अध्यक्ष केशव कर्माचार्य, नेपाल नेत्रज्योति संघका प्रदेश सदस्य अर्जुन कुमार कक्षपति, रेडियो झुलेनीका स्टेशन म्यानेजर बोम बहादुर परियार, नेपाल नेत्रज्योति संघ प्यूठानका सदस्य मिन बहादुर कुवँर, मिना गिरी लगायतको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...