News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

बिबश जि.एम२०८१ असार २
४९८ पटक
२०८१ असार २

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु सेवा शाखाको आयोजनामा भएको शिविरबाट ८४ जना कृषकले सेवा लिएका छन् । प्यूठान नगरपालिका ३ ओखरबोटमा भएको कार्यक्रममा मान्द्रेचौर, घुर्चौने लगायतका स्थानीयले सेवा लिएको ३ नं वडा सचिव ध्वज बहादुर के.सी ले जानकारी दिए । उनका अनुसार ३ वटा पाठालाई खसी बनाईएको छ भने गाई, भैंसी र बाख्रालाई जुका र उपियाको औषधी, भिटामिन, क्याप्सुल लगायतका औषधी वितरण गरिएको छ ।

यस्तै पशु सेवा शाखाले वडा नं १ धाइरेचौरमा पनि हिजो शनिबार पशु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । कार्यक्रममा पशु स्वास्थ्य परिक्षण, उपचार सेवा, आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण, पशु बन्ध्याकरण सेवा, रेविज खोप र अन्य प्राविधिक सेवा दिइएको प्यूठान नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।

शिविरमा सहभागि कृषकहरुले रोगका बारेमा जानकारी नहुँदा पशुहरुमा लाग्ने रोगले कृषकलाई सताएको भन्दै यी कार्यक्रम हाम्रो लागि महत्वपूर्ण भएको बताएका थिए । ग्रामिण भागमा बसोबास गर्ने हामीजस्ता कृषकहरुका लागि यो कार्यक्रम अत्यन्तै आवश्यक हुने भन्दै यस्ता कार्यक्रमलाई स्थानीय सरकारले निरन्तरता दिन समेत सुझाब दिएका छन् ।

वडा सचिव ध्वज बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका पशु स्वास्थ्य शाखा अधिकृत माधवा रिजाल, वडा नं ५ जुर्मिकाँडाकी बिजया श्रेष्ठको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...