News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

बिबश जि.एम२०८१ असार २
६४८ पटक
२०८१ असार २

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु सेवा शाखाको आयोजनामा भएको शिविरबाट ८४ जना कृषकले सेवा लिएका छन् । प्यूठान नगरपालिका ३ ओखरबोटमा भएको कार्यक्रममा मान्द्रेचौर, घुर्चौने लगायतका स्थानीयले सेवा लिएको ३ नं वडा सचिव ध्वज बहादुर के.सी ले जानकारी दिए । उनका अनुसार ३ वटा पाठालाई खसी बनाईएको छ भने गाई, भैंसी र बाख्रालाई जुका र उपियाको औषधी, भिटामिन, क्याप्सुल लगायतका औषधी वितरण गरिएको छ ।

यस्तै पशु सेवा शाखाले वडा नं १ धाइरेचौरमा पनि हिजो शनिबार पशु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । कार्यक्रममा पशु स्वास्थ्य परिक्षण, उपचार सेवा, आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण, पशु बन्ध्याकरण सेवा, रेविज खोप र अन्य प्राविधिक सेवा दिइएको प्यूठान नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।

शिविरमा सहभागि कृषकहरुले रोगका बारेमा जानकारी नहुँदा पशुहरुमा लाग्ने रोगले कृषकलाई सताएको भन्दै यी कार्यक्रम हाम्रो लागि महत्वपूर्ण भएको बताएका थिए । ग्रामिण भागमा बसोबास गर्ने हामीजस्ता कृषकहरुका लागि यो कार्यक्रम अत्यन्तै आवश्यक हुने भन्दै यस्ता कार्यक्रमलाई स्थानीय सरकारले निरन्तरता दिन समेत सुझाब दिएका छन् ।

वडा सचिव ध्वज बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका पशु स्वास्थ्य शाखा अधिकृत माधवा रिजाल, वडा नं ५ जुर्मिकाँडाकी बिजया श्रेष्ठको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...