News Portal

रेडियो सुन्नुहोस्

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

झुलेनी नेटवर्क२०८१ असार ३
६७६ पटक
२०८१ असार ३

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको रुपमा पाखोबारीमा मकैबाली लगाउँदै आएका किसान पानी नपरेर सुक्न थालेपछि चिन्तित भएका हुन् । वर्षमा चार महिना यही उत्पादनबाट गुजारा चलाउँदै आएका किसान यस वर्ष मकै उत्पादन कम हुने भन्दै चिन्तित भएका हुन् । भर्खर चार/छ पाते भएका र केहि स्थानमा घोगा लाग्न थालेका बेला मकै सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

लामो खडेरीले आफ्नो ५ रोपनी जग्गामा लगाएको मकैबाली सुकेको ऐरावती गाउँपालिका ३ बरौलाका किसान रामबहादुर थापाले बताए । चैतमा लगाएको चैते धानलाइ समेत पानी अभाव भएको उनले बताए । ‘गत वर्ष मकै बिक्री गरेर ५० हजार भन्दा बढी आम्दानी गरेको थिएँ । त्यसबाट ६ महिना घर खर्च टरेको थियो । यसपाली त गाह्रो हुने भो,’उनले भने, ‘मकैबाली सुकेकाले घर खर्च समेत चलाउन समस्या हुने देखिएको छ ।’

फोटो : विष्णु दसौदी

मकैबाली मात्र नभइ जिल्लाको पहाडी भेगका टारी खेतका लागि राखीएको धानको ब्याड समेत सुक्न थालेका र ब्याड जोगाउन गाग्रीमा पानी बोकेर बिहान बेलुकी चाहर्न पर्ने अवस्था आएको किसानहरुको गुनासो छ । मकै सुक्ने मात्र नभइ मकैसँग लगाएका अन्य कोसेबाली पनि नउम्रिएको प्यूठान नगरपाकिका ६ का किसान भिमकान्त भण्डारीले बताए । जेठको पहिलो तथा दोस्रो सातामा पानी परेपछि लगाएको तरकारी समेत सबै सखाप भएका उनले जानकारी गराए ।’ तीन रोपनी जग्गामा छरेको मकै उम्रदा वित्तकै सुक्यो,’उलने भने ।

फोटो : विष्णु दसौदी

लामो समयदेखि परेको खडेरीका कारण मुहान तथा खोला सुकेपछि सिँचाइको समस्याकै कारण किसानले लगाएको मकैबाली र धानको ब्याड सुक्न थालेको एकिकृत कृषी तथा पशुपन्छि विकास कार्यालय प्यूठानका निमित्त प्रमुख उमेश श्रेष्ठले बताए ।

मकैका बोट सुकेपनि दुई÷तीन दिन भित्रै बर्सात भएमा खासै असर नपर्ने उनले बताए । उनका अनुसार उच्च गर्मी तथा लामो समयदेखि परेको खडेरीका कारण खाद्यबाली मात्र नभई तरकारी, दलहन बालीलाई पनि असर परेको छ । रोपाइँ समेत प्रभावित भएको छ । प्यूठान जिल्लामा प्रत्येक वर्ष झण्डै ११ हजार हेक्टर क्षेत्रफलमा मकै र ६ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...