News Portal

रेडियो सुन्नुहोस्

हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाईन

झुलेनी नेटवर्क२०८१ असार २८
८७९ पटक
२०८१ असार २८

सरुमारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाएकी छिन् । आफु २३ बर्ष पुरा भई २४ बर्षमा प्रबेश गरेको अवसरमा स्वास्थ्य संस्थाबाट ४ जना नियमित क्षयरोग (टिबी) को औषधी सेवन गरिरहेका विरामीहरुलाई अण्डा वितरण गरेकी हुन् ।

विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै नियमित औषधी सेवन गर्न आग्रह गर्दै उनले पौष्टिक आहारका खानेकुरामा समेत ध्यान दिन अनुरोध गरेकी छिन् । उनले विगतको बर्षमा पनि आफ्नो जन्मदिनको अवसरमा पुण्यखोलाका एक विरामीलाई समेत सहयोग गरेकी थिईन् ।

के.सीले अन्य फजुल खर्च भन्दा दुखि पीडितहरुलाई सहयोग गर्दा खुसी प्राप्त हुने बताईन् । प्यूठान नगरपालिका २ की साधना के.सी सरुमारानी गाउँपालिका ३ मा रहेको हसंपुर स्वास्थ्य चौकीमा ल्याब असिस्टेनको रुपमा विगत ५ बर्षदेखि कार्यरत छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...