News Portal

रेडियो सुन्नुहोस्

हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाईन

झुलेनी नेटवर्क२०८१ असार २८
८३० पटक
२०८१ असार २८

सरुमारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन साधना के.सीले आफनो जन्मदिन क्षयरोग विरामीसँग मनाएकी छिन् । आफु २३ बर्ष पुरा भई २४ बर्षमा प्रबेश गरेको अवसरमा स्वास्थ्य संस्थाबाट ४ जना नियमित क्षयरोग (टिबी) को औषधी सेवन गरिरहेका विरामीहरुलाई अण्डा वितरण गरेकी हुन् ।

विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै नियमित औषधी सेवन गर्न आग्रह गर्दै उनले पौष्टिक आहारका खानेकुरामा समेत ध्यान दिन अनुरोध गरेकी छिन् । उनले विगतको बर्षमा पनि आफ्नो जन्मदिनको अवसरमा पुण्यखोलाका एक विरामीलाई समेत सहयोग गरेकी थिईन् ।

के.सीले अन्य फजुल खर्च भन्दा दुखि पीडितहरुलाई सहयोग गर्दा खुसी प्राप्त हुने बताईन् । प्यूठान नगरपालिका २ की साधना के.सी सरुमारानी गाउँपालिका ३ मा रहेको हसंपुर स्वास्थ्य चौकीमा ल्याब असिस्टेनको रुपमा विगत ५ बर्षदेखि कार्यरत छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...