News Portal

रेडियो सुन्नुहोस्

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

बिबश जि.एम २०८१ श्रावण ११
५६३ पटक
२०८१ श्रावण ११

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको ४ बर्ष बढी भयो । पहिले देखिनै खेती किसानी गर्दै आएकी कार्कीले व्यवसायिक पशुपालनबाट राम्रो आम्दानी भैरहेको बताइन् । फर्ममा श्रीमानले पनि साथ दिएका छन् । कार्की दम्पतीको फर्ममा अन्य ३ जना कामदारले समेत रोजगार पाएका छन् । दैनिक १५/२० लिटर दूध विक्री मार्फत मासिक ३५ देखि ५० हजारसम्म कमाई भइरहेको उनले बताइन् ।

‘बैंकबाट ऋण लिएर व्यवसाय गरेकाले ब्याजले समस्या पारेको छ,’उनले भनिन्, यसले गर्दा बचत भएको छैन् ।’ स्थानीय सरकारले सहुलियत ब्याजमा ऋण लगानी गरिदिए किसानलाई थोरै भएपनि राहत पुग्ने आशा गरेको कार्कीले बताइन् । आफुहरुले गरेको मेहनत अनुसार परिवारलाई सतुष्ट नमिलेको उनले बताइन् । “कहिले काँही दुध धेरै हुँदा बजार पाउँदैन,’मुनाले भनिन्, यसमा स्थानीय सरकारको सहयोगको खाँचो छ ।’

त्यस्तै प्यूठान नगरपालिका –४ स्थित प्यूठान नगरपालिकाको प्रशासकीय भवन नजिकै जग्गा भाँडामा लिएर प्यूठान नगरपालिका–४ काठेबरका लोकबहादुर रानाका दम्पतीले व्यवसायिक पशु फर्म सञ्चालन गरेका छन् । साढे ७ रोपनी जग्गा भाँडामा लिएर २ वटा होलिस्टीयन जातका दूध दिने गाई, मुर्रा जातका ४ वटा भैंसी पालेका छन् । त्यसबाट सिजनमा मासिक एकदेखि डेढ लाखसम्म कमाई हुने गरेको रानाले बताए । ‘अहिले दैनिक २५ लिटर दुध उत्पादन हुँदै आएको छ,’लोकहादुरले भने,‘मेहनत अनुसारको कमाइ भैरहेको छैन्।’ राना कृषि तथा पशुपालन फर्म सञ्चालन गरेको ४ बर्ष पूरा भएको छ ।

रोजगारीकै शिलशिलामा विदेश बसेका लोकबहादुर फर्केर पशुपालनमा लागेका हुन् । विदेशमा भनेजस्तो कमाइ नभएपछि फर्केर पशुपालनमा लागेको श्रीमती पबित्रा रानाले बताइन् ।

फर्म सञ्चालन गर्न ८ लाख लगानी गरेको राना दम्पती बताउँछन्। अहिलेसम्म स्थानीय सरकारबाट भने सहयोग नपाएको उनीहरुको गुनासो छ। प्यूठान नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिएको भनेको सुनेको बताउँदै आफूहरु कुनैपनि सहयोगमा नजोडिएको लोकबहादुरले बताए । ‘नगरपालिकाले दिने सहयोगबारे जानकारीनै हुदैन,’लोकबहादुरले भने,‘ अनुदान पहुँच हुनेले लिन्छन भन्ने सुन्छौ।’

प्यूठान नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा उत्पादनको आधारमा किसानलाई ८ लाख ८३ हजार भुक्तानी गरिसकेको जनाएको छ । प्यूठान नगरपालिकाका पशु सेवा शाखाका प्रमुख गिरीराज पौडेलका अनुसार किसानले उत्पादन गरेको ८९ हजार २ सय ८१ लिटर दुधको भुक्तानी गरिएको बताए । त्यस्तै २ लाख बराबरको चाँपकटर किसानको लागि उपलब्ध गराइएको उनले बताए । नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशतमा ५ जनालाई चाँपकटर वितरण गरिएको छ ।

नगरपालिकाले नगरपालिकाको कार्यक्रममा नजोडिएका किसानलाई पनि उत्पादनमा जोड्नको लागि प्रोत्साहन गर्ने गरी कार्यविधि अनुसार अगाडी बढ्ने योजना बनाएको पौडेलले बताए। ‘उत्पादनमाआधारित अनुदानमा नगरभित्रका सबै व्यवसायिक किसानलाई जोड्ने योजना बनाएका छौ,’ पौडेलले भने, ‘यसको लागि सहकारी मार्फत सहकार्य गर्दैछौ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...