News Portal

रेडियो सुन्नुहोस्

सेपुङ्गको बाँझावारिमा राधाकृष्ण मन्दिरको प्राण-प्रतिष्ठा सम्पन्न

झुलेनी नेटवर्क२०८१ श्रावण १७
६८३ पटक
२०८१ श्रावण १७

प्युठान नगरपालिका ३ सेपुङ्ग बाँझावारिमा राधाकृष्ण मन्दिरको विधिपूर्वक प्राण प्रतिष्ठा गरिएको छ ।

राधाकृष्ण मन्दिर निर्माण समितिका अध्यक्ष तथा मन्दिरको लागि जग्गा दान गरेका जग्गादाता शेर बहादुर कुँवरको अध्यक्षतामा भएको प्राण-प्रतिष्ठा कार्यक्रममा प्रमुख अतिथि प्युठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुन कुमार कक्षपतिेले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कक्षपतिले मन्दिर निर्माणमा खट्ने, दान दिने दाता लगायत सबैलाई धन्यवाद दिएका थिए ।

प्युठान नगरपालिका वडा नं ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले प्राण प्रतिष्ठा कार्यक्रममा मन्दिर निर्माणको क्रममा सहयोग गर्ने सहयोगदाता र उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...