News Portal

रेडियो सुन्नुहोस्

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काएर भाग्ने दुई जना पक्राउ

झुलेनी नेटवर्क२०८१ भदौ ६
५१७ पटक
२०८१ भदौ ६

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेका छन् । चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

‘मोटरसाइकलमा आएका दुईजनामध्ये एकजनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका छन् । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ’, सुवेदीले भने ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डीएसपी रामप्रसाद तिमल्सिनाले मोटरसाइकलमा आएका दुईजना व्यक्तिले क्याम्पसमा सुतली बम जस्तो देखिने विस्फोटक वस्तु पड्काएर भाग्दै गर्दा उनीहरूलाई पक्राउ गरेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...