News Portal

रेडियो सुन्नुहोस्

अखिल क्रान्तीकारीको बैठकले ग¥यो खतरा निर्णय

मधुसुदन पोख्रेल प्युठान,४ पुस
१२६१ पटक
प्युठान,४ पुस

विप्लव नेतृत्वको भात्री संगठन अखिल क्रान्तिकारी राप्ती क्षेत्रीय समन्वय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । संगठनका केन्द्रीय सचिवालय सदस्य तथा राप्ती संयोजक पदम पोख्रेलको अध्यक्षतामा दाङमा मंगलबार सम्पन्न भएको हो ।
पार्टीको केन्द्रीय सदस्य असिनाको प्रमुख आतिथ्यता रहेको बैठकमा क्रान्तीकारीले विभिन्न महत्वपुर्ण निर्णय गर्दै बैठक सम्पन्न गरेको हो । बैठकले कम्युनिस्ट बिद्यार्थी अभियानलाई जोडतोडले लैजाने र अभियानको क्रममा अराजकता, गुण्डागर्दी र भ्रस्टाचारको चंगोलमा फसेर अपराधिकरणको दिशामा गइरहेको स्ववियुलाई क्रान्तिकारी कम्युनिस्ट आचरणमा बदली उत्पिडनमा परेका लाखौं बिद्यार्थीहरुको पक्षमा बदल्ने र स्ववियुको खास उदेश्य प्राप्तिको लागि बलियो स्ववियु मोर्चा निर्माण गर्ने, कम्तिमा पनि २५ सय बिद्यार्थीलाई नयाँ सदस्यता वितरण गर्ने,कम्युनिस्ट बिद्यार्थी अभियानलाई प्रत्येक क्याम्पस,कलेज र स्कुलका बेन्च बेन्चमा र्पुयाउँदै १० हजार बिद्यार्थीलाई बैज्ञानिक समाजवादी शिक्षा प्रणाली र कम्युनिस्ट आचरणको बिषयमा प्रशिक्षित गर्ने,शैक्षिक माफिया र दलालहरुको लिस्ट बनाई आवस्यक कार्वाही गर्ने,समता स्कुलको नाममा धर्मको प्रचार प्रसारमा गरिरहेका धार्मिक बिद्यालयको बिषयमा अनुसन्धान गरि कार्वाही प्रक्रिया अगाडि बढाउने, यातायातमा कायम गरिएको ४५ प्रतिशत सहुलियतको बिषयमा संघर्ष गर्ने,हरेक क्याम्पस र कलेजहरुमा प्रत्येक महिना अनिवार्य अतिरिक्त क्रियाकलाप गर्ने,समाजवादी शिक्षाको बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने लगायत अन्य महत्त्वपूर्ण निर्णयहरु गरेको अध्यक्ष पोख्रेलले बताए ।
बैठकमा विशेष अतिथिको रुपमा संगठनका केन्द्रीय महासचिव प्रकाश शाही र सचिब तथा मध्यपश्चिम कमान्ड इन्चार्ज सन्तोषि भट्टराई रहेका थिए । राप्ती क्षेत्रीय समन्वय समितिमा रोल्पा ,रुकुम ,पश्चिम रुकुम पुर्व दाङ, सल्यान, प्युठान, र नमुना थवाङ गरि आठ ओटा जिल्ला रहेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...