News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी क्याम्पसमा वृक्षारोपणका लागि सफाइ कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ भदौ १०
२६६ पटक
२०८१ भदौ १०

स्वर्गद्वारी बहुमुखी क्याम्पस परिसरमा बुधवार वृक्षारोपण हुँदै छ । वृक्षारोपणको पूर्व तयारी स्वरूप सोमवार क्याम्पस वरपरको झाडी फडानी तथा सफाइ गरिएको छ ।

क्याम्पस परिसरको सौन्दर्यता र सरसफाइका लागि बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरिएको सञ्चालक समितिको अध्यक्ष कृष्णध्वज खड्काले बताए । क्याम्पसको कम्पाउन्ड भित्र वृक्षारोपणका लागि तयारी भइरहेको छ ।

सोमबार क्याम्पस सञ्चालक समितिको अनुरोधमा नेपाली सेना वर्द्ध बहादुर गणको टोली, क्याम्पसको टोली र स्थानीयको सहभागितामा वृक्षारोपण हुने क्षेत्रको सफाइ गरिएको छ । सञ्चालक समितिको अनुरोध बमोजिम नेपाली सेनाको टोली समेत उक्त कार्यमा सहभागी भएको वर्द्ध बहादुर गणका गणपति महेश बाबु कार्कीले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...