News Portal

रेडियो सुन्नुहोस्

प्युठानका ट्रिपर व्यवसायी आन्दोलित

सागर रिजालप्युठान,४ पुस
१००७ पटक
प्युठान,४ पुस

प्युठानका ट्रिपर व्यवसायीले आन्दोलन गरेका छन् । दम्तीदेखि बेलुवा सम्मको कालोपत्रे सडकमा ट्रिपर हिडेको भनी प्रहरीले ट्रिपर सहित ९ जना चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रेका हुन् । व्यवसायिहरुले शुभ श्री अग्नी सिमन्टले नौवहिनि गाउँपालिका‐८ लुफ्लुङबाट निकालेको चुनढुगां बोक्दै आएका थिए ।
प्युठान नगरपालिका‐४ झिमरुक पुल नजिकै ट्रिपर रोकेर आन्दोलन गरेका छन् । राजमार्गमा ट्रकले ३० टन बोकेर हिड्दा बजारबासी केहि भन्दैनन् ट्रिपर चालक सतिस केसीले भने हामिले १२ टन बोक्दा प्रहरीमा उजुर बुझाए । दिउसोको समय बैकल्पीक बाटो हिडेको र रातीको समय राजमार्गको बाटो हिडेको उनले बताए । उनले भने,‐‘रातीमा एक्लै हिड्नुपर्छ, डर लाग्छ, त्यसैले हामी बजारको बाटो हिड्छौ । ’ सड्क साघुरो र अफ्ठेरो भएकाले राजमार्गको सड्कबाट हिडेको उनी बताउछन् । उनी भन्छन,‐‘ बाटो सुधार्ने सम्झौता भएपनि काम गरेका छैनन् । ’ चुनढुंगा बोकेका र खाली गरि ४५ वटा ट्रिपर रोकेर व्यवसायी आन्दोलनमा उत्रीएका हुन् । राजमार्गबाट हिड्दा बैकल्पिक सड्क भन्दा १५ मिनेट छिटो पुगिन्छ ।
चालकलाई प्रहरीले नछाड्दा सम्म आन्दोलन रोकिदैन् ः व्यवसायी
ट्रिपर व्यवसायीले प्रहरीले नियन्त्रणमा ल्याएका ९ जना चालकलाई नछाड्दा सम्म ट्रिपर रोकी आन्दोलनमा उत्रिरहने व्यवसायीहरुले बताएका छन् । चालक र ट्रिपर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए । रातको समयमा राजमार्गबाट हिड्ेकोले नियन्त्रणमा ल्याएको प्रहरी प्रमुखले बताए । धेरै पटक बैकल्पिक सड्कमा हिड्न आग्रह गरेपनि लापरवाही सहित राजमार्गबाट हिडेकाले नियन्त्रण ल्याएका हौ । उनले भने,‐‘ छलफल चलिरहेको छ, कागज बनाएर छाड्छौँ । ’ अब दोहोरीएका मुद्धा चलाउने समेत उनले बताए । उता शुभ श्री अग्नी सिमेन्टका प्रमुख शिव अर्यालले ट्रिपर चालकलाई बैकल्पीक सड्क हिड्न लगाएपनि अटेरी गरेको बताए । उनल भने,‐‘आफ्नै लगानीमा वैकल्पीक सड्क बनाईदिए पनि राजमार्ग हिड्न छाड्दैनन् चालक ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...