News Portal

रेडियो सुन्नुहोस्

प्युठानका ट्रिपर व्यवसायी आन्दोलित

सागर रिजालप्युठान,४ पुस
११५८ पटक
प्युठान,४ पुस

प्युठानका ट्रिपर व्यवसायीले आन्दोलन गरेका छन् । दम्तीदेखि बेलुवा सम्मको कालोपत्रे सडकमा ट्रिपर हिडेको भनी प्रहरीले ट्रिपर सहित ९ जना चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रेका हुन् । व्यवसायिहरुले शुभ श्री अग्नी सिमन्टले नौवहिनि गाउँपालिका‐८ लुफ्लुङबाट निकालेको चुनढुगां बोक्दै आएका थिए ।
प्युठान नगरपालिका‐४ झिमरुक पुल नजिकै ट्रिपर रोकेर आन्दोलन गरेका छन् । राजमार्गमा ट्रकले ३० टन बोकेर हिड्दा बजारबासी केहि भन्दैनन् ट्रिपर चालक सतिस केसीले भने हामिले १२ टन बोक्दा प्रहरीमा उजुर बुझाए । दिउसोको समय बैकल्पीक बाटो हिडेको र रातीको समय राजमार्गको बाटो हिडेको उनले बताए । उनले भने,‐‘रातीमा एक्लै हिड्नुपर्छ, डर लाग्छ, त्यसैले हामी बजारको बाटो हिड्छौ । ’ सड्क साघुरो र अफ्ठेरो भएकाले राजमार्गको सड्कबाट हिडेको उनी बताउछन् । उनी भन्छन,‐‘ बाटो सुधार्ने सम्झौता भएपनि काम गरेका छैनन् । ’ चुनढुंगा बोकेका र खाली गरि ४५ वटा ट्रिपर रोकेर व्यवसायी आन्दोलनमा उत्रीएका हुन् । राजमार्गबाट हिड्दा बैकल्पिक सड्क भन्दा १५ मिनेट छिटो पुगिन्छ ।
चालकलाई प्रहरीले नछाड्दा सम्म आन्दोलन रोकिदैन् ः व्यवसायी
ट्रिपर व्यवसायीले प्रहरीले नियन्त्रणमा ल्याएका ९ जना चालकलाई नछाड्दा सम्म ट्रिपर रोकी आन्दोलनमा उत्रिरहने व्यवसायीहरुले बताएका छन् । चालक र ट्रिपर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए । रातको समयमा राजमार्गबाट हिड्ेकोले नियन्त्रणमा ल्याएको प्रहरी प्रमुखले बताए । धेरै पटक बैकल्पिक सड्कमा हिड्न आग्रह गरेपनि लापरवाही सहित राजमार्गबाट हिडेकाले नियन्त्रण ल्याएका हौ । उनले भने,‐‘ छलफल चलिरहेको छ, कागज बनाएर छाड्छौँ । ’ अब दोहोरीएका मुद्धा चलाउने समेत उनले बताए । उता शुभ श्री अग्नी सिमेन्टका प्रमुख शिव अर्यालले ट्रिपर चालकलाई बैकल्पीक सड्क हिड्न लगाएपनि अटेरी गरेको बताए । उनल भने,‐‘आफ्नै लगानीमा वैकल्पीक सड्क बनाईदिए पनि राजमार्ग हिड्न छाड्दैनन् चालक ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...