News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्वतन्त्र नागरिक मञ्च गठन

बिबश जि.एम२०८१ भदौ १५
५९६ पटक
२०८१ भदौ १५

 

प्यूठानमा स्वतन्त्र नागरिक मञ्च गठन भएको छ । शनिबार पत्रकार सम्मलेन गर्दै “सुशासन र समृद्धिका लागि भ्रष्टाचार विरोधी अभियान” को नारासहित प्यूठानमा स्वतन्त्र नागरिक मञ्च घोषणा गरिएको संयोजक कर्ण ध्वज के.सी ले जानकारी गराएका छन् । भ्रष्टाचार, तस्करी, घुसखोरी जस्ता जगन्य सामाजिक अपराधहरुले लोकतन्त्र मात्र खतरा नभई मुलुकको सार्वभौमसत्ता पनि नरहने जस्तो परिस्थिति देखा परेको भन्दै यसको खबरदारी गर्नको लागि स्वतन्त्र नागरिक मञ्च गठन गरिएको संयोजक के.सीको दाबी छ ।

शनिबार बिजुवारमा भएको भेलाका प्रमुख अतिथी समाजसेवी डा. लेखराज सुबेदीले २५ सदस्यीय नागरिक मन्चको घोषणा गरेका हुन् । जसअन्तर्गत कर्ण ध्वज के.सी संयोजक, उपसंयोजकमा दल बहादुर केसि, पुष्कर आचार्य, रमेशकान्त पोख्रेल र सचिवमा डिमराज पोख्रेल छन् । कोषाध्यक्षमा बासु गिरी हुँदा उपसंयोजक समेत रहेका आचार्यलाई मन्चको प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।

सदस्यहरुमा श्रीराम पोख्रेल, ओम भक्त पण्डित, हिमलाल भण्डारी, दुर्गा भुसाल, राम बहादुर महरा, नारायण केसी, माधब शर्मा, लक्ष्मी प्रसाद शर्मा, शरद केसी, केशु गिरी, दामोदर गिरी, बासु गिरी, निमकान्त पोख्रेल, नेत्र बहादुर थापा, पुर्ण पुन मगर, झग बहादुर बुढा मगर, हिमाल जिसी, रुपेश सुनार र दिप बहादुर पाण्डे सदस्य छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...