News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्वतन्त्र नागरिक मञ्च गठन

बिबश जि.एम२०८१ भदौ १५
४०० पटक
२०८१ भदौ १५

 

प्यूठानमा स्वतन्त्र नागरिक मञ्च गठन भएको छ । शनिबार पत्रकार सम्मलेन गर्दै “सुशासन र समृद्धिका लागि भ्रष्टाचार विरोधी अभियान” को नारासहित प्यूठानमा स्वतन्त्र नागरिक मञ्च घोषणा गरिएको संयोजक कर्ण ध्वज के.सी ले जानकारी गराएका छन् । भ्रष्टाचार, तस्करी, घुसखोरी जस्ता जगन्य सामाजिक अपराधहरुले लोकतन्त्र मात्र खतरा नभई मुलुकको सार्वभौमसत्ता पनि नरहने जस्तो परिस्थिति देखा परेको भन्दै यसको खबरदारी गर्नको लागि स्वतन्त्र नागरिक मञ्च गठन गरिएको संयोजक के.सीको दाबी छ ।

शनिबार बिजुवारमा भएको भेलाका प्रमुख अतिथी समाजसेवी डा. लेखराज सुबेदीले २५ सदस्यीय नागरिक मन्चको घोषणा गरेका हुन् । जसअन्तर्गत कर्ण ध्वज के.सी संयोजक, उपसंयोजकमा दल बहादुर केसि, पुष्कर आचार्य, रमेशकान्त पोख्रेल र सचिवमा डिमराज पोख्रेल छन् । कोषाध्यक्षमा बासु गिरी हुँदा उपसंयोजक समेत रहेका आचार्यलाई मन्चको प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।

सदस्यहरुमा श्रीराम पोख्रेल, ओम भक्त पण्डित, हिमलाल भण्डारी, दुर्गा भुसाल, राम बहादुर महरा, नारायण केसी, माधब शर्मा, लक्ष्मी प्रसाद शर्मा, शरद केसी, केशु गिरी, दामोदर गिरी, बासु गिरी, निमकान्त पोख्रेल, नेत्र बहादुर थापा, पुर्ण पुन मगर, झग बहादुर बुढा मगर, हिमाल जिसी, रुपेश सुनार र दिप बहादुर पाण्डे सदस्य छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...