News Portal

रेडियो सुन्नुहोस्

जघन्य अपराधका आरोपि कुर्मिद्वारा लुम्बिनी प्रदेशको मन्त्रिबाट राजिनामा

झुलेनी नेटवर्क२०८१ भदौ २६
४७३ पटक
२०८१ भदौ २६

जघन्य अपराधका आरोपित लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

नेपाली काँग्रेसबाट २०७९ को निर्वाचनमा बाँके ३ (२) बाट प्रदेश सांसदमा निर्वाचित कुर्मी वन मन्त्रि थिए ।

शरीर बन्धक अपहरण तथा  ठगीसहित विभिन्न पाँच वटा कसुरमा मुद्दा चलाउनुपर्ने भनी प्रहरीको अनुसन्धान प्रतिवेदनले किटान गरेका कुर्मीलाई लुम्बिनीमा वन तथा वातावरणमन्त्री बनाइएको थियो ।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीका अनुसार कुर्मीर्ले मंगलबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री आचार्यले कुर्मीको राजीनामा आएको र बुधबार राजीनामा स्वीकृत गरिने बताए ।

बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु, मृत्यु भएको भनी बनाइएका शंकास्पद कागजात, निर्मलाको सम्पत्ति हडपिएको लगायत प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेका बेला पछिल्लो पटक कुर्मी वन तथा वातावरणमन्त्री बनाएका थिए ।

२०६६ कात्तिकमा निर्मलाका श्रीमान् महलु कुर्मीको कालगतिले मृत्यु भएको थियो । त्यसपछि उनका दुई छोराको पनि २०६८ मा २ साताकै अन्तरमा मृत्यु भयो । श्रीमान् र दुवै छोराको निधनपछि एक्लै बस्दै आएकी निर्मला कुर्मीको २०७६ चैतमा शंकास्पद मृत्यु भएको खबर बाहिरिएपछि यसको खोजबिन र अनुसन्धान गर्दा बादशाह कुर्मी र उनको समूहको भूमिका शंकास्पद रहेको खुलेको थियो ।

पछि नेपाल प्रहरीका विभिन्न संयन्त्रहरूबाट भएका अनुसन्धान र छानबिनले निर्मला कुर्मी प्रकरणमा कांग्रेस नेता बादशाह कुर्मीको ‘आपराधिक संलग्नता’ रहेका तथ्यहरू बाहिरिए पनि सत्ता–शक्ति आडमा उनले उन्मुक्ति पाउँदै आएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...