News Portal

रेडियो सुन्नुहोस्

झाँक्रीलक्षित माधवको चेतावनी- हारेपछि असन्तोष पोख्दै नहिँडनु

झुलेनी नेटवर्क२०८१ असोज ५
५२७ पटक
२०८१ असोज ५

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएर सार्वजनिक असन्तोष पोख्दै हिडनेलाइ छुट नदिइने बताएका छन् ।

पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै महाधिवेशनमा भएको गल्तीलाई स्वीकारेर एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न आग्रह गरे ।

उपाध्यक्षमा पराजित भएपछि रामकुमारी झाँक्रीले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोख्दै आइरहेका बेला माधव नेपालले यो अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘दर्जनौं चिट बाँडिएको रहेछ, चिटमा नाम भएकाहरू पनि हारेका छन्, नभएकाहरू पनि जितेका छन् । त्यसैले चिटले मात्रै काम गरेको छैन । कमजोरी गर्नेहरूले मम भनौं । त्यसलाई हामी प्रोत्साहन गर्न चाहँदैनौं । पार्टीका केही नेताहरूको अभिव्यक्ति पनि बाहिर आएका छन् । ती अभिव्यक्तिले पनि निकै तरंग पैदा गर्‍यो । त्यस्ता गल्ती आगामी दिनमा नदोहोरियोस् भनेर आत्मालोचना पनि गर्नुभएको छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...