News Portal

रेडियो सुन्नुहोस्

झाँक्रीलक्षित माधवको चेतावनी- हारेपछि असन्तोष पोख्दै नहिँडनु

झुलेनी नेटवर्क२०८१ असोज ५
३६५ पटक
२०८१ असोज ५

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएर सार्वजनिक असन्तोष पोख्दै हिडनेलाइ छुट नदिइने बताएका छन् ।

पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै महाधिवेशनमा भएको गल्तीलाई स्वीकारेर एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न आग्रह गरे ।

उपाध्यक्षमा पराजित भएपछि रामकुमारी झाँक्रीले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोख्दै आइरहेका बेला माधव नेपालले यो अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘दर्जनौं चिट बाँडिएको रहेछ, चिटमा नाम भएकाहरू पनि हारेका छन्, नभएकाहरू पनि जितेका छन् । त्यसैले चिटले मात्रै काम गरेको छैन । कमजोरी गर्नेहरूले मम भनौं । त्यसलाई हामी प्रोत्साहन गर्न चाहँदैनौं । पार्टीका केही नेताहरूको अभिव्यक्ति पनि बाहिर आएका छन् । ती अभिव्यक्तिले पनि निकै तरंग पैदा गर्‍यो । त्यस्ता गल्ती आगामी दिनमा नदोहोरियोस् भनेर आत्मालोचना पनि गर्नुभएको छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...