संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।