


अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।
न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान साइडलाइनमा उनीहरूबीच भेटवार्ता भएको हो ।
अमेरिकाको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगमा नेपालमा निर्माण भइरहेको ऊर्जा तथा सडक पूर्वाधार विकासको बारेमा कुराकानी भएको थियो ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

