News Portal

रेडियो सुन्नुहोस्

जिल्ला प्रहरी कार्यालय प्यूठानमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

बोम बहादुर परियार२०८१ असोज १८
६७१ पटक
२०८१ असोज १८

जिल्ला प्रहरी कार्यालय प्यूठानले आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ । प्यूठान जिल्लामा आएका प्रहरी नायव उपरीक्षक दिपेश बस्याल संग कार्यालयले पत्रकार भेटघाट कार्यक्रम गरेको हो ।

भेटघाटमा पत्रकारहरुले जिल्लाको शान्ती सुरक्षा र सुचना प्रवाहमा आपसी सहकार्य हुने अपेक्षा गरेका छन् । दशै नजिकिए संगै जिल्लाका बिभिन्न कोटहरुमा लाग्ने मेला लाइ सुरक्षाका हिसावले व्यवस्थित बनाउन पत्रकारले आग्रह गरेका थिए । पत्रकारहरुले चाड पर्वमा अत्यधिक मदिरा बिक्रीवितरण तथा मदिरा सेवन हुने हुँदा यसलाई पनि न्यूनिकरण गर्न ध्यानाकर्षण गरेका छन ।

प्रहरी प्रमुख बस्यालले जिल्लाका पत्रकारहरुसँगको भेटमा पत्रकार लगायत सबै निकायसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । प्यूठान जिल्लाको ४९ औ कार्यालय प्रमुखको रुपमा आएका डिएस पी बस्यालले चाडपर्वलाइ लक्षित गरी जिल्लाका ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...