नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सोसल मिडियाको स्टन्टबाट राजनीतिमा उदायकाहरु विस्थापित हुने बाटोमा अग्रसर रहेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालको प्रपोगण्डाबाट उदायकाहरु त्यसकै चरम दुरुपयोगबाटै विस्थापित हुने बाटोमा अग्रसर भएको देखिएको उनको बुझाइ छ।
सहकारी प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि रास्वपा अहिले अफ्ठेरो स्थितिमा फसेको छ।