News Portal

रेडियो सुन्नुहोस्

प्यूठानबाट अखिल क्रान्तिकारीमा उमेरहद नलगाउने पक्षमा शतप्रतिशत मतदान

झुलेनी नेटवर्क२०८१ पौष १३
३४१ पटक
२०८१ पौष १३

नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर मतदान गरेको छ ।

अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्वाचनबाट छिनोफानो गर्न लागेको हो ।

प्यूठानमा १४ मतदाता मध्य  १३ जनाले मतदान गरेका छन् । प्यूठानबाट शत प्रतिशत मतदाताले उमेर हद नलगाउने पक्षमा मतदान गरेको मुख्य निर्वाचन अधिकृत शिव पण्डितले जानकारी दिए । संगठनको इतिहासमा पहिलोपटक विधानको विषयमा मतदान भएको हो ।

अखिलको इतिहासमा विधानका सन्दर्भमा चुनाव हुनु अखिल क्रान्तिकारीको दुरगामी महत्व रहेको अखिल क्रान्तिकारी प्यूठानका निवर्तमान अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले बताए । जनवाद प्रयोग गरेर संगठनले प्रदान गरेको यो ऐतिहासिक अवसरको सहि सदुपयोग गर्न पाएकोमा उनले खुशी ब्यक्त गरे ।

उमेर हदको टुंगो लागिसकेपछि यही १७ गते नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरमा मतदान हुनेछ ।असोज १०-१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...