News Portal

रेडियो सुन्नुहोस्

प्यूठानबाट अखिल क्रान्तिकारीमा उमेरहद नलगाउने पक्षमा शतप्रतिशत मतदान

झुलेनी नेटवर्क२०८१ पौष १३
४८३ पटक
२०८१ पौष १३

नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर मतदान गरेको छ ।

अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्वाचनबाट छिनोफानो गर्न लागेको हो ।

प्यूठानमा १४ मतदाता मध्य  १३ जनाले मतदान गरेका छन् । प्यूठानबाट शत प्रतिशत मतदाताले उमेर हद नलगाउने पक्षमा मतदान गरेको मुख्य निर्वाचन अधिकृत शिव पण्डितले जानकारी दिए । संगठनको इतिहासमा पहिलोपटक विधानको विषयमा मतदान भएको हो ।

अखिलको इतिहासमा विधानका सन्दर्भमा चुनाव हुनु अखिल क्रान्तिकारीको दुरगामी महत्व रहेको अखिल क्रान्तिकारी प्यूठानका निवर्तमान अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले बताए । जनवाद प्रयोग गरेर संगठनले प्रदान गरेको यो ऐतिहासिक अवसरको सहि सदुपयोग गर्न पाएकोमा उनले खुशी ब्यक्त गरे ।

उमेर हदको टुंगो लागिसकेपछि यही १७ गते नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरमा मतदान हुनेछ ।असोज १०-१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...