News Portal

रेडियो सुन्नुहोस्

झारीवाङमा अम्रीसोको कुचो बनाउने तालिम सम्पन्न

झुलेनी नेटवर्क२०८१ फागुन ११
५६२ पटक
२०८१ फागुन ११

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले संचालन गरेको अम्रीसोको कुचो बनाउने तालिम समापन गरिएको छ ।

‘उद्यमशिल संकृती राष्ट्रको समृद्दि’ भन्ने नाराका साथ बेरोजगार युवाका लागी उद्यमशिल कार्यक्रम अन्तरगत संचालन गरिएको ७ दिने तालिम आइतवार प्युठान नगरपालिका २ झारीवाङमा समापन गरिएको हो ।

तालिमका १५ जना सहभागीहरुलाइ प्रमाण पत्र हसिया र कुचो प्रदान गर्दै वडाध्यक्ष मोहन सिंह विष्टले विदाइ गरेका थिए ।
कार्यक्रममा बोल्दै प्यूठान नगरपालिका २ का वडाध्यक्ष एवं प्रमुख अथिति समेत रहेका विष्टले अम्रीसोको कुचो प्रवद्र्धनको लागी वडावाट अमृसोको विरुवा उपलब्ध गराउने बताए ।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख मनि गुरुङको अध्यक्षतामा गरिएको कार्यक्रममा स्थानिय विभिन्न समाजसेवीको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ प्यूठानका अध्यक्ष नविन प्रकास श्रेष्ठले स्थानिय वस्तुहरुको उत्पादनलाइ बजारीकरणमा जोड दिने बताएका छन ।
तालिमका सहभागीहरुलाइ थप हौसला प्रदान गर्दै अमृसो खरिदका लागी स्थानिय मातृभुमी टोल विकास संस्थाका अध्यक्ष राम बहादुर केसीले १२ हजार रुपैया नगद हस्तान्तरण गरेका छन ।

त्यस्तै स्थानिय समाजसेवी हरी वि.एम ले बाजो जमिनलाइ उत्पादनको लागी प्रयोगमा ल्याउन सके वेरोजगारी समस्या कम हुन सक्ने बताए ।

कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालयकी उद्यम विकास सहजकर्ता संगिता नेपालीले गरेकी थिइन ।

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...