News Portal

रेडियो सुन्नुहोस्

प्रकाश सपुतको मुख्य भूमिका रहने चलचित्र प्रदेशी “२” को औपचारिक छायांकन सुरू

चलचित्र आगामी विजया दशमीमा प्रदर्शन हुने

गोविन्द वि.क.२०७६ माघ ०९
३२९१ पटक
२०७६ माघ ०९

पछिल्लो समय सर्वाधिक रूचाइएका लोक तथा दोहोरी गायक एवम् मोडल प्रकाश सपुतको मुख्य भूमिकामा निमार्ण हुन लागेको चलचित्र परदेशी दुईको औपचारिक सुटिङको शुभ मुहुर्त भएको छ ।

यस भन्दा अगाडिको चलचित्र परदेशी १ लाइ अत्याधिक रुचाए संगै निर्देशक नारायण रायमाझी फेरि अर्को नयाँ चलचित्र प्रदेशी दुई निमार्णको तयारीमा लागेका हुन ।

चलचित्रमाा प्रकाश सपुत संगै नायिका वर्षा सिवाकोटी मुख्य भूमिका रहने निर्माता तथा निर्देशक रायमाझीले जानकारी दिए । शिवरात्रीकै दिनलाई मुख्य शुभ दिन पारि उक्त चलचित्रको मुर्हुत भएको हो ।

चलचित्रमा पटकथा बरिस्ठ सर्जक रमेश बिजिको रहेको छ ।
निर्देशक, निर्माता रायमाझी र बरिस्ठ संगीतकार बिबि अनुरागीको चलचित्रमा संगीत रहनेछ ।

निर्देश तथा निर्माता, बरिस्ठ गायक एवम् सर्जक नारायण रायमाझीले चलचित्र नितान्त नेपाली कथा बस्तुमा गहिरिएर आधारित रहने बताए, साथै चलचित्रमा नेपाली समाज र जनजीवनका यथार्थ, वास्तविकता र प्रत्येक्ष सरोकारका विषयलाई उठाउन गर्ने हुदा दर्शकले प्रदेशी १ झै रूचाइने अपेक्षा रहेको बताए ।

चलचित्रको मुर्हुत प्रश्चात नायक सपूतले आफ्नो फेसबुकमा प्रतिक्रिया दिदै लेखेका छन ‘र अब म संग नयाँ सपना छैन । किनकि अधुरो एउटा सपना पनि पुरा भएको छ – चलचित्रमा अभिनय गर्ने ।
हिरो बन्ने ! “सपना पुरा भएकोमा जति खुसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर ! तर सांगीतिक यात्रा होस या चलचित्रको यात्रा म मेरो काम ईमानदारीता, गम्भिरता र मेहनतका साथ गर्नेछु भन्ने आत्मविश्वास पनि छ । तपाईहरुको सल्लाह सुझाव र शुभेच्छा सधै रहने अपेक्षा सहित आदरणीय नारायण रायमाझी सरको निर्देशनमा बन्ने चलचित्र “ परदेशि २ “ मा मुख्य नायकको रुपमा आवद्द भएको औपचारिक जानकारी गराउछु । चलचित्रको आज शुभ- मुहूर्त गरिएको छ । आजकै मिति बाट करिब २ महिना चलचित्रको छायांकन हुने भएकोले यो विचमा पुर्व निर्धारित विदेशका केहि कार्यक्रम बाहेक देश विदेशका कुनै पनि सांगितिक कार्यक्रममा सहभागि हुन नसक्ने पनि जानकारी गराउछु । बैशाख पछाडि म पुन: संगीत कर्ममा नै फर्किने छु । छोटो तर निकै कष्ठकर यात्रा र संघर्ष पछि अन्तत सपना पुरा भएको छ । मनै देखि बधाई र शुभकामना दिनुस है 
#परदेशि-२ #First_movie #dream_come_true #Exited #students_Story #Dasai2077  ’

चलचित्र आउदो दशैंमा सार्बजनिक हुने समेत सपुतले फेशबुक पोष्टमा उल्लेख गरेका छन । चलचित्रका सबै परिवारलाई हार्दिक बधाई सहित पूर्ण सफलताको शुभकामना गर्दछाैैं ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...