News Portal

रेडियो सुन्नुहोस्

देशवाहिरवाट आएकालाई २ हप्ता घरमै वस्न नगरपालीकाको आह्वान

-हरि भण्डारी६ चैत्र, प्यूठान
१५५५ पटक
६ चैत्र, प्यूठान

देशवाहिरवाट आएका नगरवासिलाई अत्यावश्यक अवस्थावाहेक कम्तिमा २ हप्ता आफ्नै घरमा वस्न प्यूठान नगरपालीकाले अनुरोध गरेको छ। कतिपय संक्रमितमा संक्रमणपछी लक्षण नदेखिने तर अरुलाई सार्नसक्ने भएकाले संक्रमित क्षेत्रवाट आएका नगरवासिलाई रोगको लक्षण नदेखिएपनी घरभित्र सुरक्षित रहेर अरुको सम्पर्कमा नजान नगरपालीकाले आह्वान गरेको हो।

नोवल कोरोना भाईरस (कोभिड १९) को संक्रमणवाट वच्नका लागि अत्यावश्यक काममा वाहेक भिडभाड र मानिस जम्मा हुने ठाउमा नजान नगरपालीकाले अनुरोध गरेको छ। जरुरी अवस्थावाहेक सेवाग्राहिको चाप धेरै हुने कार्यालय, स्वास्थ्यसंस्था, सार्वजनीक यातायात लगायत भिडभाड हुने स्थानमा नजान आग्रह गरेको छ।

आज नगरप्रमुख अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा वसेको स्वास्थ्यकर्मी, पत्रकार र सरोकारवालाको संयुक्त वैठकले संक्रमणवाट जोगिन सजगता अपनाउनुका साथै त्रसित नहुनको निम्ति नगरक्षेत्रका वस्तिहरुमा माईकिङ्ग गर्ने निर्णय गरेको छ। विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोनाको संक्रमण हुन नदिन सरकारका सवै निर्णयहरु कार्यन्वयन गर्नसमेत सवैमा आग्रह गरेको छ।

प्यूठान नगरपालीकाले भैपरि आउने अवस्थामा स्वास्थ्यसामाग्री, खाध्यसामाग्री र अत्यावश्यक वस्तुको अभाव हुन नदिन आवश्यक तयारी गरेको नगरप्रमुख कक्षपतीले वताउनु भयो। ईमरजेन्सी अवस्थामा स्वास्थ्यकर्मीलाइ खटाउन आवश्यक पर्ने सामाग्री सहित अौषधिसमेत तयारी अवस्थामा राखिएको नगरप्रमुख कक्षपतीले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...