News Portal

रेडियो सुन्नुहोस्

देशवाहिरवाट आएकालाई २ हप्ता घरमै वस्न नगरपालीकाको आह्वान

-हरि भण्डारी६ चैत्र, प्यूठान
१२६१ पटक
६ चैत्र, प्यूठान

देशवाहिरवाट आएका नगरवासिलाई अत्यावश्यक अवस्थावाहेक कम्तिमा २ हप्ता आफ्नै घरमा वस्न प्यूठान नगरपालीकाले अनुरोध गरेको छ। कतिपय संक्रमितमा संक्रमणपछी लक्षण नदेखिने तर अरुलाई सार्नसक्ने भएकाले संक्रमित क्षेत्रवाट आएका नगरवासिलाई रोगको लक्षण नदेखिएपनी घरभित्र सुरक्षित रहेर अरुको सम्पर्कमा नजान नगरपालीकाले आह्वान गरेको हो।

नोवल कोरोना भाईरस (कोभिड १९) को संक्रमणवाट वच्नका लागि अत्यावश्यक काममा वाहेक भिडभाड र मानिस जम्मा हुने ठाउमा नजान नगरपालीकाले अनुरोध गरेको छ। जरुरी अवस्थावाहेक सेवाग्राहिको चाप धेरै हुने कार्यालय, स्वास्थ्यसंस्था, सार्वजनीक यातायात लगायत भिडभाड हुने स्थानमा नजान आग्रह गरेको छ।

आज नगरप्रमुख अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा वसेको स्वास्थ्यकर्मी, पत्रकार र सरोकारवालाको संयुक्त वैठकले संक्रमणवाट जोगिन सजगता अपनाउनुका साथै त्रसित नहुनको निम्ति नगरक्षेत्रका वस्तिहरुमा माईकिङ्ग गर्ने निर्णय गरेको छ। विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोनाको संक्रमण हुन नदिन सरकारका सवै निर्णयहरु कार्यन्वयन गर्नसमेत सवैमा आग्रह गरेको छ।

प्यूठान नगरपालीकाले भैपरि आउने अवस्थामा स्वास्थ्यसामाग्री, खाध्यसामाग्री र अत्यावश्यक वस्तुको अभाव हुन नदिन आवश्यक तयारी गरेको नगरप्रमुख कक्षपतीले वताउनु भयो। ईमरजेन्सी अवस्थामा स्वास्थ्यकर्मीलाइ खटाउन आवश्यक पर्ने सामाग्री सहित अौषधिसमेत तयारी अवस्थामा राखिएको नगरप्रमुख कक्षपतीले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...