News Portal

रेडियो सुन्नुहोस्

समाचार डिलिट प्रकरणमा प्रधानमन्त्री सचिवालयको सात बुँदे ध्यानाकर्षण

महासंघको विज्ञप्ति तथ्यहिन

सिखबर संवाददाता२० चैत्र २०७६
५७३ पटक
२० चैत्र २०७६

काठमाडौं , काठमाडौं प्रेस डटकम र त्यसको कुनै समाचार हटाइएको भन्ने विषयमा पत्रकार महासंघले सार्वजनिक गरेको विज्ञप्तिप्रति प्रधानमन्त्री केपी ओलीको निजी सचिवालयले ध्यानाकर्षण भएको बताएको छ। महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले बताएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् विभिन्न सात बुँदामा उक्त प्रकरणको खण्डन गरेका हुन्।

‘काठमाडौं प्रेस डट कम र त्यसको कुनै समाचार हटाइएको भन्ने कथित प्रकरणमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको नाममा आज जारी विज्ञप्तिप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ’, सूर्य थापाले लेखेका छन्, ‘यसमा सम्मानीय प्रधानमन्त्रीज्यूको सचिवालय वा सरकारलाई दोष लगाउनेगरी गर्न खोजिएको प्रोपोगण्डालाई हामी खारेज गर्दछौं। यो वक्तव्य सरासर झूठ, बेइमानीपूर्ण र तथ्यहीन रहेको स्पष्ट छ। र, यसबारेमा निम्न तथ्य थप प्रष्ट गर्दछौं।’

काठमाडौं प्रेस डट कम र त्यसको कुनै समाचार हटाइएको भन्ने कथित प्रकरणमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको नाममा आज जारी विज्ञप्तिप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । यसमा सम्मानीय प्रधानमन्त्रीज्यूको सचिवालय वा सरकारलाई दोष लगाउनेगरी गर्न खोजिएको प्रोपोगण्डालाई हामी खारेज गर्दछौं । यो वक्तव्य सरासर झूठ, बेइमानीपूर्ण र तथ्यहीन रहेको स्पष्ट छ । र, यसबारेमा निम्न तथ्य थप प्रष्ट गर्दछौं स्

१) स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा जे निर्णय भएको थियो वा छ, त्यसको स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै छन् । त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय र सल्लाहकारहरू वा उहाँहरूका सरोकार नै नभएका छोराहरूलाई जबर्जस्ती र तथ्यहीन ढंगले तान्ने र बदनाम गर्ने षड्यन्त्रपूर्ण चालबाजी, उपक्रम र रवैया खेदजनक छ । यसको जति भर्त्सना गरे पनि कम हुन्छ । यस षडयन्त्रमा को संलग्न छज् रु यो सब किन गरिएको छ रु ककसले यसमा लगानी गरेका छन् रु ककसको शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दौडधुप छ रु यो कुनै लुकेको कुरा छैन र हामी राम्रो जानकारी राख्दछौं । यसमा प्रधानमन्त्रीको सचिवालयका हामी र असम्बन्धित सन्तानहरू समेतलाई तानेर दुष्प्रचार गर्नुको नियत बुझिएकै छ । हामीलाई षडयन्त्रकारीहरूजस्तै यस्ता हरकतहरूको पछाडि लाग्ने कुनै फुर्सद छैन । बरू आफ्ना नियमित र परिभाषित कार्यमा व्यस्त रहेको पनि स्पष्ट गर्न चाहन्छौं ।

२) पत्रकार महासंघले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएको भनेर वक्तव्यमा जसरी भनेको छ, त्यसमा कुनै सत्यता छैन, बरू अत्यन्त हास्यास्पद र गैरजिम्मेवार छ । यो छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नांगो दुरूपयोग मात्रै हो ।

३) मैले काठमाडौ प्रेसका प्रधानसम्पादक कसमस विश्वकर्माजीसँग टेलिफोनमा कुरा गरेको थिएँ र समाचारमा उपप्रधानमन्त्री र मुख्य सल्लाहकार अथवा जोसुकैका बारेमा लेख्न पनि तथ्य र प्रमाण नै चाहिन्छ, अझ राज्य संचालनसँग कुनै सरोकार र मतलब नभएका तथा स्वास्थ्य उपकरण खरिदसँग केही चासो र जानकारीसमेत नभएका उहाँहरूका छोराहरूलाई जोडेर संप्रेषित समाचारको परपीडनकारी उद्देश्यबारे चासो अवश्य राखेको थिएँ। मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेको नै थिइनँ । बरू यस षड्यन्त्रका संलग्न व्यक्तिहरू, तिनको उद्देश्य र विषयवस्तुबारे कुराकानी भएको हो । भोलिपल्ट समाचार हेर्दा हटेको देखेपछि कसमसजीलाई नै किन क्षमायाचनाको सार्वजनिक सूचना नगरी हटाउनुभयो भन्ने जिज्ञासा मैले नै राखेको थिएँ । उहाँले कसरी हट्यो बुझ्दैछु भन्नुभएको थियो । मुख्य सल्लाहकारज्यूको त कसैसँग यसबारेमा टेलिफोन संवादसम्म भएको छैन।

४) अनि हामीले कसरी श्रव्य वा दृश्य, मौखिक वा लिखित र टेलिफोन कुन माध्यमबाट कसलाई दबाब दियौं रु यसको प्रमाण प्रस्तुत गर्न, अन्यथा छायाँयुद्दको तथाकथित मोर्चा सिर्जना गर्ने दाउपेच, षड्यन्त्र र भ्रमको खेतीमा नलाग्न समयमै सचेत गराउनदचाहन्छौं।

५) पत्रकार महासंघ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूको मात्र संगठन होइन। त्यसमा हाम्रो रगत, पसिना र उरवर युवावय समय लगानी भएको छ। आज त्यसको नेतृत्वमा रहेको कोही व्यक्तिभन्दा हामीले स्वतन्त्रताको संघर्षमा कम योगदान गरेका छैनौं । र, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक छैन । सबैका खुट्टी र हैसियत देखेरै हामी यहाँ क्रियाशील छौं । खासमा यो सबै सदस्यहरूको संगठन हो । र, कार्यकाल सकिएर महाधिवेशनको सम्मुखमा उभिएको यस संगठनको लेटरप्याड र संस्थागत हैसियत दुरूपयोग गरी आफ्ना आकांक्षाहरूको तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिहरूलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न ध्यानाकर्षण गर्दछौं ।

६) अहिलेको स्वतन्त्रता, संविधान र राज्य संरचना हामी स्वयंले पनि संघर्ष गरेर स्थापित गरेको तथ्य सम्बद्ध सबैको जानकारीका लागि विनम्रतापूर्वक राख्न चाहन्छौं । हामी अरूले स्थापना गरिदिएको राज्य प्रणालीका उपभोक्ता भएजस्तो व्यवहार गर्ने र हावामा मुक्का चलाएर हिड्ने धृष्टता कसैबाट पनि नगरियोस् । हामी तथ्यको आधारमा सत्यको पक्षमा निरन्तर लडाई गरेर नै समाजलाई स्वच्छ, पारदर्शी, अझ लोकतान्त्रिक, न्यायपूर्ण र समानतामा आधारित बनाउन राजनीतिमा सक्रिय नैदछौं । जोकसैका अनुचित आरोप, दुष्प्रचार र षडयन्त्रको विधिसम्मत मुकाबिला गर्न हामी सक्षम पनि छौं । कुनै गलत र षडयन्त्रपूर्ण तौरतरिका वा बलप्रयोगप्रति हाम्रो कहिल्यै पनि विश्वास रहेन र छैन । त्यस्तो तरिकाले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कमजोर बनाउन सकिन्छ कि भन्ने कसैलाई लागेको छ र त्यही दुर्नियतका साथ यो सबै गरेर हामीलाई अनावश्यक विवादमा तान्ने वा आफ्नो करियर बनाउन तल्लीन राजनीति वा यस्ता कुनै सार्वजिक जिम्मेवारीसँग हाल शतप्रतिशत नै सरोकार नराख्ने छोराहरूलाई मुछ्ने षड्यन्त्रमा मतियार नबन्न सबैलाई अनुरोध गर्दछौं ।

७) राजनीतिमा सक्रिय सबैका सन्तानहरू बिग्रेका छन् र बाबुआमाको हैसियत दुरूपयोग गर्न लागिपरेका छन् भन्ने गलत बुझाइका साथ रचिने हरेक षड्यन्त्रहरूको पर्दाफास गरिनु र नांगेझार हुनु अनिवार्य छ ।
साभार ः अन्नपुर्ण पोष्ट

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...